मुलधारको मिडियामा दलित समुदायको प्रभावकारी सहभागिता अबको आवश्यकता:अध्यक्ष पहाडी

मुलधारको मिडियामा दलित समुदायको प्रभावकारी सहभागिता अबको आवश्यकता:अध्यक्ष पहाडी

राष्ट्रिय दलित पत्रकार संघ नेपालको महाधिवेशनको तयारी पुरा

राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशन फागुन २८,२९ र चैत १ गते बुटवलमा हुदै छ यसै सन्दर्भमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका अध्यक्ष बिनोद पहाडि संग जनता टुडे संवाददाताले गरेको संक्षिप्त कुराकानि

राष्ट्रिय दलित पत्रकार संघ नेपालको ऐतिहासिक महाधिवेशन गर्दै हुनुहुन्छ तयारी कस्तो छ?
राष्ट्रिय दलित पत्रकार संघ नेपाल फागुन २८,२९ र चैत १ गते हुने प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ ।देशभर बाट साथिहरु आउनुभएको छ ।पहिलो पटक हुन गइरहेको महाधिवेशनमा देशभरबाट ४ सय बढि पत्रकारहरु सहभागिता हुदै छ । महाधिवेशनमा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ४ वटा पुरस्कार वितरण गर्दै छौ ।हामि सबै महाधिवेशन सफल बनाउन लागिरहेका छौ । संघमा देशभरका दुई हजारभन्दा बढी दलित समुदायका पत्रकार आवद्ध छन् ।संघका हालसम्म ६० जिल्ला शाखा छन् भने काठमाडौँ उपत्यकासहित सात प्रदेश समिति छन् । महाधिवेशनमा ७७ वटै जिल्ला र सबै प्रदेशबाट प्रतिनिधिको सहभागिता हुनेछ ।
नेपालमा यो संगठनको जरुरी किन भयो ?
राष्ट्रिय दलित पत्रकार संघ नेपाल रहर भन्दा पनि बाध्यताले स्थापना गरेका हौ ।दलित समुदायका संचारकर्मीहरु आम संचार माध्यम संग जोडिने तर दिर्घकालिन हिसाबले त्यसैमा रहिरहन नसक्ने एउटा त्यो एउटा समस्या भयो अर्को मुलुकमा जति पनि परिवर्तन संगै विभिन्न पत्रकारका संघ संगठनहरु  खाल्दै जान थाले।आदिबासि जनजाती पत्रकार महासंघले त रजत जयन्ती नै मनाइसकेको छ । अन्य पत्रकारीताका संगठन पनि खोल्दै गए तर समाजको सबै भन्दा पिँधमा रहेको दलित समुदायको आफनै संगठन भएन भन्ने कुरा हामिलाई लाग्यो र हामिले राष्ट्रिय दलित पत्रकार संघ नेपाल स्थापना गरेका हौ ।
देशभर रहेका पत्रकारहरुको क्षमता अभिबृद्धि गर्न सक्षम बनाउन यो संगठनले के- के काम गर्छ ?
यस मुलुकमा बिद्यमान बर्तमान राजनिती पाटिका मिडिया संग सम्बन्धीत, पत्रकारिता संग सम्बन्धीत संघ संगठन संग समन्वय गर्ने, भाइचारा सम्बन्ध कायम गर्ने, नेपाल पत्रकार महासंघ संग समन्वय गर्ने, भाइचारा सम्बन्ध कायम गर्ने, नेपाल पत्रकार महासंघको छाता भित्र बसेर सबै मिडिया अर्गनाइजेसनहरुमा दलित समुदायका सहभागिताको ज्ञारेन्टिको लागि लबिगं गर्ने सरकारद्धारा संचालित आम संचारका संस्थाहरुमा दलित समुदायको मुद्धा ,दलित समुदायको भौतिक सहभागिताको ज्ञारेन्टि गकार्ने दलित समुदायका संचारकर्मिको पेसागत सुरक्षा गर्ने ,सम्बद्र्धन गर्ने ,क्षमता अभिबृद्धि गर्ने लगाायत यी सबै काम गर्नका निम्ती विषेश गरेर फोकस गरेर काम गर्नु पर्छ ।प्राथमिकता पूर्वकनै काम गर्नुपर्छ भनेर हामिले राष्ट्रिय दलित पत्रकार संघ नेपाल निर्माण गरेका हौ र यसले पहिलो चरणमा हामि संगठनकोे निर्माणमा लाग्यौँ र त्यो संगठनको निर्माण संगसंगै अहिले हामि अधिवेशनको मुखमा छौ, त्यो अधिवेसन फेरी हाम्रो नँया नेतृत्व राष्ट्रिय दलित पत्रकार संघमा आबद्ध साथिहरुलाई क्षमता अभिबृद्धि तत्कालिन दिर्घकालिन रणनितिका साथ तालिमहरु दिने गोष्ठि कार्यशाला चलाउने दलित समुदायको पत्रकारलाई आर्थिक उपार्जनको पेसागत संरक्षणको कामसंगै दलित पत्रकार संघको कल्याणकारी कोषको स्थापना गर्ने सम्मका कामहरु अब हुन आउने समितिले गर्छ भन्ने मलाइ बिश्वास छ ।अहिले सम्म हामिले ४ पुरस्कार स्थापना गर्न सफल भएका छौ ।दलित आन्दोलनका अग्रज ब्यक्तिहरुको नाममा टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार(डिबि परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार नाममा बितरण गर्दै छौ । यसरी हामि संग अहिले दर्जन पुरस्कारका लागि हामि कोशिष गर्दै छौ।

यो संगठनले नेपालको पत्रकारीताको बिकासको लागी कस्तो योगदान पुर्याउन सक्छ? अबके भुमिका के हुन्छ ?
हामिले नेपालको पत्रकारीता नजिक बाट नियालेका छौ त्यो कुरालाई हामिले नँया पुस्तामा बिस्तार पनि गर्छौ ।मुलधारको मिडियामा दलित समुदायको प्रभावकारी सहभागिता अबको हाम्रो मुख्य आवश्यकता हो । मिडियामा दलित समुदायको प्रभावकारी ,भौतिक सहभागिता एजेण्डा सहभागिता भएन भने हामिले संगठन बनाएर जुन अभियानमा जुटेका छौँ त्यो सार्थकता पाउदैन भन्ने मलाई लाग्छ त्यस कारणले पनि आम संचारको दुनियामा मुलधारमा दलित समुदायको भौतिक सहभागितालाई सशक्त बनाउन हामि लाग्छौ र एजेण्डा उठाउनको लागि गैर दलित संचार बाट संचालित आम संचार संस्था र संचार गृहहरु र त्यस संग आबद्ध साथीहरुलाई पनि हामिले रचनात्मक दबाब सृजना गर्छौ ।नेपालको दलित मुक्ति आन्दोलनमा आम संचार क्षेत्रबाट योगदान पुग्ने काममा हामि लाग्छौ ।
अत्यमा महाधिबेसन सफल बनाउन तपाईको सन्देस के छ ?
हामि यो समाजको सबै भन्दा पिँधमा रहेको वर्गलाई आम संचारको क्षेत्रमा जोड्ने सुचनाको हक सांगठनीक हिसाबले त्यो समुदायको बिचमा लैजाने एक गाँउ एक दलित पत्रकार निर्माण गर्ने र समाज रुपान्तरणको आन्दोलनमा हाम्रो दलित आन्दोलन बाट योगदान गरिरहेका सबै क्षेत्रका व्यक्तिहरुलाई यो आम संचारको माध्यमबाट साथ र सहयोग दिने सकरात्मक बहस चलाउने गरि हामी अभियानमा लाग्छौ ।र यो अभियानमा सबै क्षेत्रको भावनात्मक सहयोग हाम्रो संगठनलाई हुन्छ । फागुन २८,२९ र चैत्र १ गते बुटवलमा हुने कार्यक्रममा सहभागी भैदिनुहुन सम्पुर्ण अग्रज तथा सहकर्मी पत्रकार ज्यु लाई उपस्थितिका लागि अनुरोध छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij