दाङमा सार्वजनिक यातायात सेवा ठप्प

दाङमा सार्वजनिक यातायात सेवा ठप्प

 दाङ– दाङमा सार्वजनिक यातायात सेवा ठप्प भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि लामो तथा छोटो दुरीका यातायात सेवा ठप्प पारेका हुन् ।

उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी हुनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले पनि कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई पनि दिनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका छन् ।

बन्दका कारण दाङमा मंगलबार विहानैदेखि सार्वजनिक यातायातका साधन नचल्दा यात्रुहरु मर्कामा परेका छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन दाङ जिल्ला कमिटीका अध्यक्ष केशव भण्डारीले आफ्ना माग पूरा नभए सशक्त आन्दोलन गर्ने बताए । उनले सार्वजनिक बस, ट्याक्सी र अटोहरु चलाउन रोक लगाइएको बताए ।

प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij