काठमाडौं – पानी परेसँगै केहि दिनयता कम भएको काठमाडौंसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । बिहीबार साँझ पूर्वी तथा मध्य नेपालमा भएको वर्षाले प्रदषण केही घटे पनि सोमबार (आज) फेरि बढेको हो ।
बिहानको तथ्याङ्कअनुसार सबैभन्दा धेरै वायु प्रदूषण धनगढीमा छ । धनगढी एयर क्वालिटी इन्डेक्स (एक्युआई) ४२९ पुगेको छ । दोस्रो नम्बरमा चितवनको भरतपुर छ । त्यहाँको एक्युआई ३९८ छ भने तेस्रो नम्बरमा ललितपुरको भैंसेपाटीमा एक्युआई ३५९ छ ।
विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौं १ नम्बरमा रहेको देखिएको हो । दोस्रो नम्बरमा म्यान्मार, तेस्रो नम्बरमा भारतको नयाँ दिल्ली, चौथोमा बंगलादेशको ढाका छ । प्रदूषणका कारण फेरि सर्वसाधारणहरुले आँखा पोलेको महसुस गरेका छन् ।
-हेर्नुहोस् विश्वका प्रदूषित सहरको सूची
विज्ञहरुका अनुसार एक्यूआई बढ्दै गएपछि जोखिम पनि बढ्छ । एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थ मानिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ ।
५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ । एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ । डब्लूएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्