भारतमा एकैदिन १ लाख २६ हजारमा काेराेना पुष्टि, नेपाल जाेखिममा !

भारतमा एकैदिन १ लाख २६ हजारमा काेराेना पुष्टि, नेपाल जाेखिममा !

काठमाडाैं – छिमेकी मुलुक भारतमा काेराेनाकाे दाेस्राे लहरले विकराल रूप लिएकाे छ । त्यहाँ पछिल्लाे २४ घण्टामा एक लाख बढीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

भारतीय सञ्चार माध्यमका अनुसार बुधबार एकैदिन १ लाख २६ हजार जनामा संक्रमण पुष्टि भएकाे हाे । भारतमा कोरोना महामारी सुरु भएयताकै याे संक्रमित संख्या उच्च हाे ।

त्यहाँकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा त्यहाँ ६८४ जना कोरोना संक्रमितको मत्यु भएकाे छ । याेसँगै संक्रमित मृतककाे कुल संख्या १ लाख ६६ हजार ८९२ पुगेको छ ।

भारतमा बढीरहेकाे संक्रमणकाे सिधा असर नेपालमा परेकाे छ । नेपालमा पनि पछिल्लाे समय काेराेना संक्रमितकाे संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । पछिल्लाे २४ घण्टामा मात्रै नेपालमा ३३९ जना संक्रमित थपिएका छन् । खुला सिमाना भएका कारण भारतमा संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बुधबार प्रेस ब्रिफिङका क्रममा भारतमा संक्रमण बढीरहेकाे स्पष्ट पार्दै नेपालमा त्यसकाे सिधा असर पर्ने हुँदा उच्च सर्तकता अपनाउँदै जनस्वास्थ्यमा मापदण्डकाे पालना गर्न आम नागरिकलाई आग्रह गरेका थिए । भारतमा संक्रमण दर बढ्दै गर्दा नेपाल यसको उच्च जोखिममा रहेकाे उनकाे भनाइ छ ।

यस्तै संक्रमण फैलन नदिन सरकारले भिडभाड नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ एक सूचना जारी गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न आग्र गरेको हो । विश्वव्यापी रुपमा कोभिड संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढ्दै गएको तथा नेपालमा समेत संक्रमण दर बढी देखिएकोले भिडभाड नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

साथै मन्त्रालयले ठूला सरहमा ५ सयभन्दा बढी र साना सहरमा १ सय भन्दा बढी संक्रमित भए आवागमन बन्द गरिने, विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने नियमका कडाइ गरिने बताएकाे छ । यस्तै शैक्षिक संस्था, सपिङ मल, सिनेमा हल, नाचघर, क्लब, स्वीमिङ पुल, पार्टी प्यालेस, मन्दिरमा लगायतका स्थानमा भिडभाड नगर्न आग्रह समेत गरिएकाे छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij