गैडहवा-इन्धन खन्याउने क्रममा रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ७ स्थित नन्दनगरमा रहेको एक पेट्रोल पम्पमा आगलागी भएको छ। इलाका प्रहरी कार्यलय,सूर्यपुराका अनुसार गैडहवा ७ नन्दनगरमा रहेको आशिष पेट्रोल पम्पमा आयल निगमको ट्यांकरबाट पम्पमा आयल भर्दै गर्दा ट्यांकरको पाइप लिक भई ग्यांस उत्सर्जन हुदा आयल निगमाको ट्यांकरमा आगलागी भएको हो ।
निर्माणधिन समेत रहेको उक्त पेट्रोल पम्पमा आयल भर्दै गर्दा ट्यांकरमा एक्कासी आगलागी हुदा ट्यांकर र ट्यांकरमा रहेको आयल जलेर नष्ट भएको वडा नं. ७ का वडा अध्यक्ष गोबिन्द कोहांरले जानकारी दिए।
आगलागीबाट इन्धन बोकेको ट्याङ्कर जलेर पूर्णरुपमा नष्ट भएको छ । प्रहरीले मानवीय क्षति नभएको र क्षतिको थप विवरण संकलन भइनसकेको बताएको छ ।
आगलागी नियन्त्रण गर्न खोज्दा आशिष पेट्रोल पम्पका संचालक राजकुमार चौधरीको भाई हेमन्त चौधरी सख्त घाइते भएका छन भने उनलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको इलाका प्रहरी कार्यलय,सूर्यपुराले जनाएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्