लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएको छ । लुम्बिनी प्रदेशका कांग्रेस सचेतक फकरुद्धिन खानले  दिएको जानकारीअनुसार मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको प्रस्तावमा ४१ जना प्रदेशसभा सदस्यहरुले हस्ताक्षर गरेका छन् । ‘मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ,’ खानले भने, ‘त्यहाँ ४१ जना सांसदहरुले हस्ताक्षर गर्नुभएको छ ।’

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजबादी पार्टीका सबै सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा माओवादीका कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ ।

प्रस्तावमा प्रदेशमा एक सिट भएको राष्ट्रिय जनमोर्चाका सांसदको पनि समर्थन रहेको तीन दलले दाबी गरेपनि उनको हस्ताक्षर भने छैन । केसी अहिले प्रदेशमा आन्तरिक मामिलामन्त्री छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जनाएको छ ।

लुम्बिनी प्रदेशसभाको अधिवेशन अहिले अन्त्य भएकाले बैठक बोलाउन प्रदेश प्रमुख धर्मनाथ यादवलाई समावेदन गर्ने तयारी पनि रहेको पनि सांसदहरुले बताएका छन् ।

प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij