प्यारामाउन्ट माविको होस्टेलमा बस्दै आएकी एक छात्राको मृत्यु

प्यारामाउन्ट माविको होस्टेलमा बस्दै आएकी एक छात्राको मृत्यु

तिलोत्तमा; तिलोत्तमा १ नयाँमिलमा अवस्थित प्यारामान्ट बोर्डिङ हाई स्कूलमा अध्ययनरत एक छात्राको स्वास्थ्यमा अचानक समस्या आएपछि मृत्यु भएको छ । कक्षा १० मा अध्यनरत प्रतिभा सापकोटाको मृत्यु भएको विद्यालयका सह प्राचार्य लिलाधर किरातले जानकारी दिए ।

‘विद्यालयमा परीक्षा सञ्चालन भइरहेकाले होस्टेलमा बस्दै आएकी प्रतिभाले छाती दुःख्ने समस्या भएपछि उनको दाजुलाई लिन बोलाएर आज विहानै घर गएकी थिइन् । किरातले भने ‘एक्कासी स्वास्थ्य समस्या आएपछि उपचारका लागि मणिग्रामको क्रिमशन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको जानकारी प्राप्त भयो ।’ विद्यालयले वैशाख १५ गते सक्ने गरी परीक्षा सञ्चालन गरीरहेको थियो । विद्यालयमा हाल ५० जना बढी होस्टेलमा बस्दै आएको उनले बताए ।

क्रिमशन अस्पतालले उपचारका लागि ती छात्रालाई ल्याइपुर्याउँदा मृत्यु भइसकेको जनाएको छ । मृत्यु हुनुको कारण बारे नखुलेको बताउँदै अस्पताल प्रशासनले छात्रालाई उपचारका लागि ल्याइपुुर्याउनु अघि नै मृत्यु भएको जनाएको हो । छात्राको मृत्यु बारे परिवारले भने केही कुरा बोल्न चाहेका छैनन् । इलाका प्रहरी कार्यालय मँगलापुरका अनुसार मृतक छात्राका आमा(बुवा जापान बस्दै आएका छन् भने उनी आफ्नो ठूलो बुवाआमासँगै तिलोत्तमा ५ मणिग्राममा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : शनिबार, बैशाख ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij