भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण

भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई संक्रमण

National

काठमाडौ – छिमेकी मुलुक भारतमा एकैदिन ४ लाखभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ४ लाख २ हजार ११० जना नयाँ संक्रमित थपिएका छन् ।

एकैदिन कुनै पनि देशमा ४ लाखभन्दा बढीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । कोभिड-१९ सम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको विवरणअनुसार भारतमा त्यहाँ संक्रमितको संख्या १ करोड ९१ लाख ५७ हजार ४९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ११ हजार ८३५ पुगेको छ । भारतमा १ करोड ५६ लाख ७३ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् । १६ जनवरीदेखि खोप अभियान सुरु गरिएको भारतमा बुधबारसम्ममा १५ करोड ४९ लाखभन्दा बढीले खोप लगाएका छन् ।

प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij