लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एमालेको एकल सरकार बन्ने

लुम्बिनीमा पोखरेलकै नेतृत्वमा एमालेको एकल सरकार बन्ने

काठमाडौं – नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ । बुटवलस्थित एक होटेलमा आइतबार बिहान बसेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलकै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो ।

पोखरेलले आजै मुख्यमन्त्रीको शपथ लिन सक्ने सम्भावना छ । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका दुई सांसदहरू पनि सहभागी भएका थिए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज बिहान राजीनामा दिएका थिए । जुन सरकार संविधानको धारा १६८(२) अनुसारको संयुक्त सरकार थियो ।

लुम्बिनी प्रदेशसभामा यसअघि ८७ जना सांसद थिए । पछिल्लो समय जसपाका चार र माओवादी केन्द्रका दुई सांसद निलम्बित भएपछि अहिले प्रदेश सभा ८१ सदस्यीय छ । सत्तारूढ एमालेसँग ४१ सांसद छन् । संविधाननको धारा १६८ (१) अनुसार बहुमतको सरकार बनाउन पुग्ने ४१ सांसद आफ्नो दलका भएपछि पोखरेलले अविश्वासको प्रस्ताव पेस हुने दिन नै राजीनामा दिएर आफ्नो नेतृत्वमा एकल सरकार बनाउन राजीनामा दिएको बुुझिएको छ ।

 

प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij