४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा केसीको दाबी

बुटवल – माओवादी केन्द्रका नेता कूलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

आइतवार माओवादी केन्द्रसँगै, नेपाली काँग्रेस, जसपा नेपाललगायतका सांसदले दाबी पेश गर्दै पत्र बुझाएका हुन् । उनीहरुले शंकर पोखरेल बहुमत सदस्यको हैसियतमा मुख्यमन्त्री बन्न नसकने ढिपीसमेत गरेका छन् ।

माओवादी केन्दका २ र जसपाका ४ सांसद कारबाहीमा परेसँगै ८१ सदस्यीय बनेको प्रदेश सभामा एमालेको पक्षमा ४१ सांसद भनिए पनि उपनिर्वाचनबाट विजयी सांसद विमलाकुमारी खत्री माओवादी केन्द्रतिर लागेपछि एमालेको पक्षमा ४० सांसद मात्रै भएका छन् ।

यस्तै यता द्वयसांसद धर्मबहादुर लाल श्रीवास्तव र अजय शाहीले पनि हस्ताक्षर गरेका छन् । उनीहरु दुवैजना सूर्य चिन्हबाट चुनाव जितेका हुन् ।

उनीहरू हृदयेश त्रिपाठी र वृजेशकुमार गुप्ता समूहबाट आएका हुन् । यद्यपि उनीहरुले आफूलाई स्वतन्त्र राजनीतिक समूहबाट आएको बताउँदै आएका छन् ।

प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij