बुटवल-रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले वैशाख ३० सम्म यसअघि नै जारी भएको निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो ।
डीसीसीएमसीको बैठकले एक–एक जना प्राविधिक जनशक्तिबाट सेवा प्रदान गर्ने गरी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु वैशाख ३०सम्म बन्द गर्ने निर्णय गरेको छ ।
यस्तै अक्सिजन व्यवस्थापनका लागि जिल्लामा रहेका तीनवटा अक्सिजन उद्योगहरु शंकर अक्सिजन ग्यास प्रालि,लुम्बिनी अक्सिजन इण्डस्ट्रिज र लुम्बिनी अक्सिजन इण्डस्ट्रिज प्रालिमा नेपाल प्रहरीले निगरानी गर्ने निर्णय गरेको छ ।
औद्योगिक क्षेत्रका फलाम उद्योगहरुमा अक्सिजन सिलिण्डर दिन पूर्ण निषेध गर्ने र कोभिड १९ को उपचार गर्ने अस्पतालहरुलाई पहिलो प्राथमिकता एवं स्थानीय तहबाट सञ्चालित कोभिड अस्थायी अस्पताल,संस्थागत,होटेल,होम आइसोलेसन र बुटवल उपमहानगरबाट सञ्चालित अक्सिजन बैंकमा औचित्यका आधारमा वितरण गर्ने निर्णय गरेको छ ।
कोभिड १९ महामारी व्यवस्थापनका लागि विद्यमान विज्ञ स्वास्थ्यकर्मी,अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य जनशक्ति र उपकरणको अपर्याप्तता देखिएकाले सोको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्ने निर्णय बैठकले गरेको छ ।खाद्यान्न लगायत अत्यावश्यक सामाग्री उत्पादन गर्ने उद्योगहरु बाहेकका अन्य सबै उद्योगहरु र निर्माण सामाग्रीको ढुवानी अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्