बुटवल-अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । यसले जनस्वास्थ्य मात्र नभई मानवीय विकासको धरातललाई चुनौती दिएको छ ।स्थानीय सरकार जनतासंग सब भन्दा समीप रहेको निकाय हो। शुसासनको अनुभूति दिन सक्ने पहिलो सरकार हो । स्थानीय तह सामर्थ्यवान भए जनताले स्वास्थ्य सेवाबाट बन्चित हुनुपर्दैन । झन यस्तो विषम महामारीको परिस्थितिमा स्थानिय तहको भूमिका झनै महत्वपूर्ण भएको छ ।स्थानीय तहले आफ्ना जनतालाई उचित उपचारको प्रबन्ध गर्न सक्छन । गम्भीर बिरामीलाइ गर्नु परेमा आवश्यक चाँजो मिलाउन सक्छ्न्। गरिब र सिमान्तकृतका लागि निशेधाज्ञा भएसम्म खाद्यान्न र अन्य राहत सामाग्रीको व्यवस्था गर्न सक्छ्न् । यसका अलावा अब कोभिड विरुद्ध कसरी लड्ने भन्ने रणनीति अविलम्ब बनाउन सक्छ्न् । त्यसलाई लागू गर्न पहल गर्न सक्छ्न् । आज हामिले कोरोना महामारीमा स्थानीय सरकारले कोरोना भाइरस नियन्त्रणको लागि के कस्तो प्रयास गरेको छ त ?यस विषयमा रोहिणी गाँउपालिका अध्यक्ष सनोज कुमार यादव संग गरिएको कुराकानी:
कोरोना महामारीको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ ,रोँहिणी गाँउपालिकाले नियन्त्रणको लागि के गर्दैछ ?
यति बेला हामी मात्र होइन मुलुकनै संवेदनशिल अवस्थामा छ । कोभिड महामारीका समयमा हाम्रा चुनौती पनि छन् । रोँहिणी गाँउपालिकाले अहिले स्थानिय जनतालाई राहात पुगोस भनेर कोभिड-१९ विशेष अस्पताल पाँच शैयाको अस्पताल संचालन गरेका छौँ ।गाँउपालिकाको दुई वटा एम्बुलेन्स छ त्यस मध्ये एक एम्बुलेन्सलाई कोभिड बिरामीको लागी प्रयोग गरेका छौ।रोहिणिवासि जनताको लागि नि: शुल्क पिसियार परिक्षणको व्यवस्था गरेका छौं। स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई तयारीको अवस्थामा राखेका छौं ।जथाभावी नहिड्न भिडभाड नगर्न मास्क प्रयोग गर्ने सामाजिक दुरी कायम गर्ने जस्ता सन्देशहरु विभिन्न माध्यमबाट दिइरहेका छौ । हामी आत्तिन हुदैन भनेर जनतालाइ विस्वस्त बनाउछौं ।
कति संक्रमित छन होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई कसरी सेवा पुर्याउनु हुन्छ ?
पछिल्लो चरणको कुरा गर्नुपर्दा करिब ३५ संक्रमित भएकोमा केहि सन्चो भएको अबस्था हो ,भने अहिले तत्कालको अबस्था हेर्दा हाम्रो गाँउपालिकामा २२ जना संक्रमित छन्। संक्रमितलाई १५ दिनको अन्तरालमा चेकजाँच गरेका छौँ,होम आइसोलेसनमा बसेकालाई निगरानीमा राख्ने मात्र काम गरेका छौं । उहाँहरुमा सामान्य समस्या देखिए स्वास्थ्यकर्मी घरमै गएर सेवा दिने गरेका छन् ।
कोभिडका गम्भिर किशिमका बिरामीलाई थप उपचारका लागी अन्यन्त्र रिफर गर्नु परे के व्यबस्था छ ?
हामि संग अक्सिजन सहितको एम्बुलेन्स छ, त्यँहा लैजाने ब्यबस्था गरेका छौँ, र कोरोना संक्रमित बिरामिलाई भैरहवा मेडिकल कलेज र भिम अस्पताल संग समन्वय गरि स्वास्थ्य सेवा प्रभाह गर्ने कोशिसमा निरन्तर लागि रहेका छौं ।सबै अस्पतालहरुमा बेड हरु अभाव छ तर पनि हामि निरन्तर समन्वय गरिरहेका छौं ।
कोरोना जोखिम कम गर्न अहिले भ्याक्सिन प्रभावकारी देखिएको छ ,पालिकाका कति जनताले भ्याक्सिन लगाएका छन पुरै पालिाकाका जनताले कहिले सम्म भ्याक्सिन पाउछन् के छ योजना?
भ्याक्सिनको कुरा गर्दा यसको प्रभावकारीताबारे बुभ्mनु पर्ने हुन्छ । पहिलो चरण र दोस्रो चरण गरेर दुइ पटक हाम्रो पालिकामा भ्याक्सिन लगाइएको छ ।यसमा ७ वटा वडा मिलाएर करिब ३ हजार जती जनताले पालिकामा भ्याक्सिन लगाएका छन् हाम्रो पालिकामा भ्याक्सिन लगाउनेको संख्या उच्च छ । अब भ्याक्सिन लगाउने सन्दर्भमा नेपाल सरकारले नै उपलब्ध गराउने कुरा महत्वपूर्ण हुन्छ ।
कोरोना भाइरस दिन प्रतिदिन बढिरहेको छ,स्थिति भयावह नहोस् भन्नको लागि क्वारेन्टाइनको व्यवस्था के छ?
पछिल्लो समय क्वारेन्टाइन सञ्चालन त गरेका छैनौ, तयारी गरेका छौ, बाहिरको मान्छे आउछन भने राख्छौ अहिले बाहिर बाटो आएका लाई होम क्वारेन्टाइनमा राखिएको छ ।जनप्रतिनीधि,स्वास्थ्यकर्मी सबै लागेका छौ आएकालाई पनि घरमा राखेर पनि सुरक्षित छन ।हामीले उचित व्यवस्था गरेका छौं ।
कोरोनाको दोस्रो लहर निक्कै खतरनाक सावित भैरहेको छ । यो अवस्था लामो समयसम्म पनि नियन्त्रणमा आएन भने दैनिक ज्यालादारी गर्ने र कमजोर आर्थिक अवस्था भएका वर्ग र समुदाय प्रभावित हुन्छन् । ती वर्ग र समुदायलाई खाद्यान्न र राहतका लागि के व्यवस्था गर्छ पालिकाले ?
अहिले हामिले राहतको विषयमा केहि निर्णय गरेका छैनौ लकडाउन लामो समय रहिरहने भयो भने कमजोर आर्थिक अवस्था भएका वर्ग समुदायलाई छनोट गरि भोकै हुने स्थिती आउन दिने छैनौ, हाम्रो जिम्मेवारी हो हामि हेर्छौ । केहि समस्या भयो भने हामिलाई जानकारी गराउनु हामि तपाईहरुको समस्या समाधानको निम्ती आउनेछौत्रज्ञज्ञै
अहिले भारतबाट फर्किरहेका व्यक्तिहरु सिधै गाउँ–गाउँमा गएका छन् ।यो भारत सँग सिमा जोडिएको गाँउपालिका पनि हो ,संक्रमण नफैलिओस् भन्नका लागि के रणनीति अपनाउनु हुन्छ ?
मुख्यतया जनचेतना बढाउने कुरा हो । हामीले यसका लागि स्वयमसेवीकाहरु परिचालन गरेका छौं । केस आउने वित्तिकै खोजिनीति गर्ने र टेस्टको दायरामा ल्याउने हाम्रो प्राथमिकतामा पर्छ ।सर्बप्रथम त हामिले आम जनतालाई घरमा बस्नको लागि अनुरोध गरेका छौ, स्वास्थ्यलाइ प्राथमिकता राखेर काम गरेका छौ। स्वास्थ्यकर्मि सबै लाग्नु भएको छ। सामाजिक दुरी कायम डब्लुएचओको मापदण्ड पालना गर्न सुझाएका छौ।लकडाउन भएको भएर संक्रमितको अबस्थामा केहि संख्या बढाउने, औषधी सहयोग र सेवा गर्ने भन्ने तयारीमा छौ।
कोभिडको समयमा पालिकाको मुख्य चुनौति के हो ?
सर्बप्रथम यो अवस्थामा मानवको ज्यान बचाउनु नै धर्म हो त्यसैले स्वास्थ्य लाई नै ध्यानमा राखेर हामि काम गरेका छौ । नागरिक अलि जिम्मेवार बन्नु पर्छ भन्ने लाग्छ । स्थानिय तह हो विभिन्न चुनौतिहरु त छन बिभिन्न योजनाहरु छन तर पनि त्यसलाई केहि समय पन्छाएर स्वास्थ्य प्रति लागेका छौ।
अन्तमा के भन्न चाहनु हुन्छ पालिका वासीलाई ?
सबै गाँउपालिका बासिन्दा एबम जनताहरुलाई म के भन्न चाहन्छु भने राज्यले गरेका अनुरोध र अपिललाई गम्भिरताका साथ लिएर पालना गरिदिनुस् । कोरोना महामारीको दोस्रो लहरबाट बच्न सामाजिक दुरी अपनाउने स्वास्थ्य मापदण्डको पालना गर्ने समस्या परेमा स्वास्थ्यकर्मीसंग समस्या राख्न अनुरोध गर्दछु नआँत्तिनुहोस् तर उच्च सतर्कता र सावधानी अपनाउन अनुरोध गर्छु ।
प्रकाशित मिति : शनिबार, बैशाख २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्