बुटवल–कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभाव पूर्तीका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् । पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ । संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण भण्डारीले बताए ।
औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न प्रक्रितिका उद्योगहरुले आफ्नो उत्पादन कार्यका लागि प्रयोग गरिदै आएका सिलिण्डरहरु कोरोना उपचारका लागि उपलब्ध गराएको जनाइएको छ । औद्योगिक उत्पादनभन्दा मान्छेको स्वाश्थ्य महत्वपूर्ण भएको हुदाँ उद्योगीहरुले संघले गरेको अनुरोधलाई आत्मसाथ गरि सिलिण्डरहरु दिएको संघका अध्यक्ष भट्टराईले बताए ।
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्