मुख्यमन्त्रीको घोषणा : भेरी अस्पतालको घटनाका दोषीमाथि कारबाही हुन्छ

मुख्यमन्त्रीको घोषणा : भेरी अस्पतालको घटनाका दोषीमाथि कारबाही हुन्छ

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको भेरी अस्पतालमा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । घटनाको सत्यतथ्य छानबिनपछि दोषिमाथि कारबाही हुने मुख्यमन्त्री पोखरेलको प्रतिबद्धता छ ।

घटनामाथि आफ्नो ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री पोखरेलले भनेका छन्– ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद् घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ ।’

कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रमणकारीमाथि कारबाही हुनुपर्ने चौतर्फी माग भइरहेको छ ।

घटनाको छानबिनको लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठनसमेत भएको छ । शुक्रबार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शंकरबहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

समितिमा चिकित्सक संघ, नर्सि संघ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिसमेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij