गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

काठमाडौं । गण्डकी प्रदेश सभाका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । आज अपराह्न प्रदेश सभामा भएको मतदानमा विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ३१ मत र विपक्षमा २७ मत खसेको हो । कुल ५९ सदस्यीय प्रदेश सभामा ५८ मत खसेको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले मत परिणामसँगै विश्वासको मत प्राप्त भएको घोषणा गरे । मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था भए पनि उनले एक सातामै विश्वासको मत लिएका छन् ।

त्यसअघि मुख्यमन्त्री पोखरेलले विश्वासको प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए । त्यसक्रममा उनले आफूलाई विश्वासको मत प्रदान गर्न प्रदेशसभा सदस्यहरूसँग आग्रह गरेका थिए ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र गरी ३१ सांसदको समर्थमा मुख्यमन्त्री बनेका थिए । पोखरेल संविधानको धारा १६८ (५) बमोजिम जेठ २९ गते मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij