सैनामैनाको नीति कार्यक्रम सार्वजनिक: स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सैनामैनाको नीति कार्यक्रम सार्वजनिक: स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता

सैनामैना-रुपन्देहीको सैनामैना नगरपालिकाले आर्थिक बर्ष २०७८|७९ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले शनिवार एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख चित्र बहादुर कार्कीले नीति तथा कार्यक्रम सर्वजनिक गरेका हुन । स्वाथ्य क्षेत्रको विस्तार र सवलीकरणमा जोड दिदै नगर प्रमुख कार्कीले स्वाथय क्षेत्रको स्तरउन्न्ती, पुर्वाधार निर्माणको लागि नीति तथा कार्यक्रममा जोड दिएको बताएका हुन ।
सार्वजनिक नीति तथा कार्यक्रममा अनुमानित राजश्व संकलनमा भारी मात्रामा गिरावट आएको भन्दै महामारी र निशेधाज्ञाको कारण अपेक्षित उपलब्धि हासिल गर्न नकीएको जनाइएको छ ।
नगर प्रमुख चित्र बहादुर कार्कीले हालको विसम परिस्थीतिको कराण कोभिडका संक्रमितको पहिचान, अक्सीजन सहितको आईसोलेसन सञ्चालन भईरहेको कारण आगामी बर्ष भने स्थिति केही सहज हुने आकलन गरिएको छ ।

सार्वजनिक नीति तथा कार्यक्रममा आगामी आर्थिक बर्षमा आगामी आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरुको स्तरोन्नति, पूर्वाधार विकास, जनशक्ति व्यवस्था र सेवाको समतामूलक पहुँच एवं गुणस्तर वृद्धि गर्न स्वास्थ्य क्षेत्रको पुनस्संरचना गर्ने,कोरोना महामारीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न जोखिम भक्ताको व्यवस्था मिलाईने उल्लेख छ ।
महामारी लामो समयसम्म रहिरहने अवस्था रहेमा नगरपालिका भित्रै सञ्चालनमा रहेको कोभिड १९ अस्थायी अस्पतालमा आईसोलेसन कक्ष, दक्ष जनशक्ति, सुविधा र उपकरण थप गरी क्षमता विस्तार गरिने उल्लेख छ ।
कोरोना भाईरसविरुद्धको खोप समुदायस्तरमा लगाउने अभियान सुरु भईसकेको भन्दै नीति तथा कार्यक्रममा सबै नगरवासिहरुलाई खोप लगाउन आवश्यक प्रबन्ध मिलाउने जनाईएको छ । नगरपालिकाले पर्रोहा स्वास्थ्य चौकीलाई स्तरोन्नति गरि मुर्गियामा विशेषज्ञ सेवा, अत्याधुनिक उपकरण र सुविधा सहितको १५ शैया क्षमताको आधारभुत अस्पताल बनाउने निर्माण कार्य सुरुवात भईसकेको हुँदा तिव्रताका साथ निर्माण कार्य सम्पन्न गरिने भएको छ ।
यस्तै नगरपालिका सबै स्वास्थ्य संस्थाहरुमा व्यवस्थित फिबर क्लिनिक सञ्चालन गरिनेछ। स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभुत स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइनेछ। सालझन्डी स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालन गरिने, गर्भवती तथा सुत्केरी पोषण कोशेली कार्यक्रम, जेष्ठ नागरिकको घरमा स्वास्थ्य सेवा कार्यक्रम, हेलो आमा कार्यक्रम मार्फत जेष्ठ नागरिक, गर्भवती, सुत्केरी आमाहरुलाई सुरक्षित स्वास्थ्य तथा परामर्श सेवा प्रदान गरिनेछ।महिलाहरूको नियमित पाठेघर परिक्षण गरिनेछ। महिलाहरूको स्तन क्यान्सर रोकथाम तथा नियन्त्रण गर्न स्तन क्यान्सर शिविर सञ्चालन गरिने भएको छ ।

प्रकाशित मिति : शनिबार, असार ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij