रूपन्देहीमा सरकारी कार्यालय र नीजि सवारी साधन भाेलिदेखि चल्ने,जाेरबिजाेर प्रणाली लागु

रूपन्देहीमा सरकारी कार्यालय र नीजि सवारी साधन भाेलिदेखि चल्ने,जाेरबिजाेर प्रणाली लागु

बुटवल -रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा असार १४ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।

सार्वजनिक सवारी साधन भने अझै खुला भएको छैन ।  जोर-विजोर प्रणाली अनुसार जोर गते जोर नम्बरका सवारी र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पाइने  जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले   बताए ।

यस्तै डीसीसीएमसीको बैठकले भोलीबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।

कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएकाे हाे ।

FB_IMG_1624269041598.jpgFB_IMG_1624269043945.jpgFB_IMG_1624269039528.jpgFB_IMG_1624269034861.jpgFB_IMG_1624269037618.jpgFB_IMG_1624269030874.jpgFB_IMG_1624269028913.jpgFB_IMG_1624269026770.jpgFB_IMG_1624269024790.jpgFB_IMG_1624269032904.jpg

 

प्रकाशित मिति : सोमबार, असार ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij