नवलपुर – नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिलकाको मृत्यु भएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो ।
राति सर्पले डसेको भए पनि बिहान मात्रै परिवारले थाहा पाउँदा समयमै उपचार नपाएर भुजेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
परिवारलाई उदृत गर्दै इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालले बिहान ५ बजेको समयमा अस्पताल पु-याइएको भए पनि बालिकाको ज्यान बचाउन नसकिएको बताए । भुजेल गाउँमा केही दिन अगाडि मात्रै सर्पको डसाइबाट चार वर्षीया बालक र ८३ वर्षीय पुरुषले ज्यान गुमाएका थिए ।
प्रकाशित मिति : शनिबार, असार २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्