बुटवल-लुम्बिनी प्रदेश सरकारले संसदबाट बजेट पारीत गर्न असफल भएपछि मध्य रातमा प्रदेशसभाको अधिवेशन अन्त्य गरीदिएको छ । बजेट पारीत गर्न सदनमा बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश प्रमुख मार्फत बिहिबार मध्यराती पौने बाह्र बजे तिर बर्षे अधिवेशन अन्त्य गरीदिएका हुन । मुख्यमन्त्री पोखरेलको सिफारिसमा गएराती १२ बजेदेखि लागु हुने गरी प्रदेश प्रमुख धर्मनाथ यादवले अधिवेशन अन्त्य गरेका हुन । मध्यरातमा अधिवेशन अन्त्य गरे संगै अध्यादेशबाट बजेट ल्याउने तयारीमा भइरहेको छ ।
बिहिबारको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल पछि मन्त्री र मुख्यमन्त्रीले जवाफ दिने र बजेट निणयार्थ प्रस्तुत गर्ने कार्यसुची थियो । तर आफुसंग बहुमत रहेको दावी गर्दै आएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारीत गर्न चाहिने बहुमत जुटाउन नसकेपछि बिहिबार सदनबाटै भाग्नु परेको थियो ।
मुख्यमन्त्रीले सदनलाइ सम्बोधन गर्दै सहमतीमा बजेट पास गर्न विपक्षीसंग पटक पटक आग्रह गरेका थिए । तर विपक्षीले मतदानबाटै टुङ्गयाउनु पर्ने प्रस्ताव गर्नासाथ मुख्यमन्त्री सहित मन्त्रीहरु र सात्तारुढ सांसदहरु बैठकै छोडेर हिडे । बजेट पारीत गराउन बहुमत जुटाउन नसकेका पोखरेलले त्यसपछि अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने तयारीमा जुटेका हुन ।
हाल लुम्बिनी प्रदेश सभा ८३ सदस्यीय छ । विपक्षी गठबन्धनमा सभामुखलाइ छोडेर ४१ सांसद छन ।
मुख्यमन्त्री पोखरेलसंग अहिले नेकपा एमालेका ३८ र जसपाको महन्थ पक्षका ३ गरी ४१ जना हुन । तर एमालेका ३८ सांसद मध्य कै एक हुन सुर्य चिन्न लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १(२) बाट निर्वाचन जितेका सांसद अजय शाही । तीनै शाही बजेट पारीत गर्ने कार्यसुचि रहेको बिहिबारको संसद बैठकमा उपस्थित भएनन ।
शाही तीनै सांसद हुन जसले यसअघि गत बैशाख १९ गतेपनि विपक्षी मोर्चामा सामेल भएका थिए । तर संसद छल्न राजीनामाको नाटक गरेका पोखरेल सोही दिन फेरी मुख्यमन्त्री बनेपछि भने शाहीले अर्को दिन आत्मआलोचना गर्दै आफनो समर्थन पोखरेललाइ नै रहेको जनाएका थिए । तीनै सांसदले पछिल्लो समय पोखरेलको साथ छोडेको श्रोतको दावी छ । त्यससगै एक जना मन्त्रीले पनि उनको साथ छोड्ने तयारी करिब अन्तिम चरणमा पुगेको श्रोतको दावी छ ।
बजेट पारीत हुन नदिएर सरकारलाइ नैतिक शंकटमा पार्ने विपक्षीको रणनीतिबारे जानकार मुख्यमन्त्री पोखरेल आफुसंग बहुमत नरहेकोमा स्पष्ट छन । जसका कारण उनले मध्य रातमा संसद अधिवेशन नै अन्त्य गरीदिएर अध्यादेशबाट बजेट ल्याउने गृहकार्यमा जुटेका हुन ।
सत्ता टिकाउन पोखरेलले पटक पटक सदनलाइ छल्दै आएका छन । गत बैशाख १९ मा पनि आफु बिरुद्ध अविश्वासको प्रस्ताव आएपछि उनले सदन छल्न राजीनामाको नाटक गर्दै सोही दिन नै पुनः मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री नियूक्त भएका भनिएका पोखरेलले त्यस लगत्तै राजपा ठाकुर पक्षका ४ जनालाइ मन्त्री बनाए । त्यसमध्ये बिहिबार सम्म तीन जना सन्तोष कुमार पाण्डेय,कल्पना पाण्डे र विजय कुमार यादव मन्त्रीमण्डल मै छन । एक जना उपेन्द्र पक्षकी सुमन शर्मा रायमाझीले मन्त्रीबाट राजीनामा दिएर विपक्षी गठबन्धनमा फर्कीसकेकी छन ।
त्यसयता नेपाली काँग्रेस, माओवादी केन्द्र,जसपा,र राष्ट्रिय जनमोर्चा सम्मिलीत विपक्षी गठबन्धनले बहुमत पुष्टि गर्न पोखरेलाइ चुनौती दिइरहेका छन । आफ्नै बोलीको विश्वास गर्न नसकेका पोखरेलले बहुमतको परिक्षणमा उत्रन नसकेका हुन ।
बैशाखमा सदन छल्दै प्रदेश प्रमुखलाइ राम्रै उपयोग गरेर उनी पुन मुख्यमन्त्री बनेका थिए । त्यतीबेला एमालेकै लेटर प्याडमा प्रदेश प्रमुखले उनलाइ मुख्यमन्त्री नियुक्ती गरीदिए । बहुमत पुष्टि नभइ अल्पमतका पोखरेललाइ मुख्यमन्त्री नियुक्त नगर्न विपक्षीले गरेको आग्रह, विपक्षी गठबन्धनले शशरीर बहुमत सासंद उपस्थित भएर बुझाएको बहुमतको हस्ताक्षर र खबरदारीलाइ लत्याउँदै प्रदेश प्रमुखले पोखरेललाइ एमालेकै लेटरप्याडमा मुख्यमन्त्री नियुक्ती गरीदिएका थिए । पोखरेललाइ सपथ खुवाउन प्रदेश प्रमुख धर्मनाथ यादवलाइ मुख्यमन्त्री कार्यालय मै पुर्याइएको थियो ।
प्रकाशित मिति : शुक्रबार, साउन १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्