बुटवल-बुटवलको ट्राफिक एवं पार्किङ व्यवस्थापनका लागि विभिन्न संघ संस्थाहरुले १०३ वटा ट्राफिक संकेतसहितका वोर्ड प्रदान गरेका छन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमकाबिच ती ट्राफिक संकेतसहितका वोर्ड हस्तान्तरण गरिएकाे हाे । कोरोना संक्रमण कम भएसँगै ट्राफिक चाप बढ्दै गएको तथा बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको हो ।
अमरबुद्ध टोलविकास संस्थाले २१ वटा, विपी चोक टोल विकास संस्थाबाट १० वटा, अमर तिनाउ टोल विकास संस्थाबाट १५ वटा , राममन्दिर टोल विकास संस्थाबाट १५ वटा ,शाेनी सोरुम अमरपथबाट १५ वटा , सिद्धार्थ हार्डवयरबाट १६ वटा र द फेन्सी स्पोर्टले १६ वटा पार्किङबोर्ड प्रदान गरेका हुन् ।
साे कार्यक्रममा बाेल्दै लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्र सिंह थापाले बुटवल उपमहानगरको ट्राफिक व्यवस्थापनका लागि थप कडाईका साथ लाग्ने कताए । उनले बढ्दो जनसंख्या र शहरीकरणलाई मध्यनजर गरी व्यवस्थापनलाई थप कडा गर्न लागेको जानकारी दिए ।
थापाले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि सबैले आ–आफ्नो क्षत्रबाट सहयोगको अपेक्षा समेत राखेकाे बताए । उपमहानगरका विभिन्न १२ ठाउँमा राखिएका सिसिटिभी क्यामेराहरु बन्द रहँदा ट्राफिक व्यवस्थामा समस्या हुनुका साथै सुरक्षा प्रदानमा समेत असर परेको प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए ।
बन्द भएका क्यामेराहरु पुनः सञ्चालनमा ल्याउनका लागि करिब ५ लाख लागत अनुमान गरिएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्