भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीच टेलिफाेनवार्ता, कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री देउवाबीच टेलिफाेनवार्ता, कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

काठमाडौं –भारतीय समकक्षी नरेन्द्र मोदी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ । वार्ताका क्रममा मोदीले मिलेर काम गर्न आग्रहसमेत गरेका छन् । बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै मोदीले ट्वीटरमा लेखेका छन्‚ ‘कोभिड महामारीसँगै विविध क्षेत्रमा मिलेर काम गर्छौँ ।’ उनीहरुबीच दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनेबारे पनि संवाद भएको छ ।

सो क्रममा देउवाले बधाई दिएकोमा मोदीलाई धन्यवाद दिँदै साझा विषयहरुमा मिलेर काम गर्न तयार रहेको धारणा राखेको थिए । यसअघि गत २८ असार गते सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका देउवालाई मोदीले शुभकामना नदिएको भन्दै धेरै बहससमेत भएका थियो ।

आइतबार (हिजो) सदनबाट विश्वासको मत लिनेबित्तिकै देउवालाई मोदीले ट्वीटरमार्फत मेन्सन गर्दै बधाई दिएका थिए । यसपछि सोमबार (आज) टेलिफोन नै गरेका हुन् ।

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij