दाङमा जरायाेकाे सिङ र छालासहित तीन जना पक्राउ

दाङमा जरायाेकाे सिङ र छालासहित तीन जना पक्राउ

दाङ – दाङमा संरक्षित वन्यजन्तु जरायाेकाे टाउकाकाे छाला र दुई थान सिङसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका-१ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई-४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका-४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

रा १ च ४९७ नम्बरको एम्बुलेन्समा जरायोको सिङसहित तुलसीपुरतर्फ आउँदै गर्दा तुलसीपुरको गहते खोलाबाट उनीहरु पक्राउ गरिएको हो । बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको एम्बुलेन्समा वन्यजन्तुको ओखेटोपहार रहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तुलसीपुर उपमहानगरपालिका-८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरुको साथबाट जरायोको सिङ बरामद गरेको हाे।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये इन्द्रबहादुर केसी एम्बुलेन्स चालक हुन । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : सोमबार, साउन ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij