चीनको हेनान प्रान्तमा बाढीका कारण ७३ जनाको मृत्यु

चीनको हेनान प्रान्तमा बाढीका कारण ७३ जनाको मृत्यु

चीन -मध्य चीनको हेनान प्रान्तमा व्यापक वर्षापछिको बाढी तथा डुबानका कारण बुधबार मध्याह्नसम्म कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको प्रान्तीय सङ्टकालीन व्यवस्थापन विभागले जनाएको छ गत जुलाई १६ बाट शुरु भएको यस व्यापक वर्षाको कारण १५० वटा जिल्लाको एक करोड ३६ लाख व्यक्ति प्रभावित भएका बताइएको छ ।

व्यापक वर्षापछिको बाढीको कारण १४ लाख ७० हजार व्यक्तिलाई बाढी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको पनि समाचारमा जनाइएको छ ।

पिपुल्स लिबरेशन आर्मी (पीएलए) केन्द्रीय थिएटर कमान्डले हजारौंको संख्यामा सैनिक, सशस्त्र प्रहरीलाई बाढीमा फसेको मानिसहरुलाई सुरक्षित रुपमा उद्धारको गर्नको पठाएको छ ।

झेङझाओको मौसम विभागले यस वर्षाको स्तरलाई एक हजार वर्षपछि आएको विपत्ति भनी वर्णन गरेको छ । हेनान प्रान्तभरी राहत वितरण र पुनः निर्माणको प्रयासहरु भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : बुधबार, साउन १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij