काठमाडौं – लुम्बिनी प्रदेशसभा बोलाउने निर्णयविरुद्धको रिट निवेदन न्यायाधीश प्रकाश राउतको इजलासमा परेको छ । प्रदेशसभा बोलाउने निर्णय संविधान विपरीत भएको भन्दै प्रदेशसभा सदस्य लीला गिरीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश राउतको इजलासमा परेको हो ।
रिटमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव ल्याउन निमिल्ने दाबी गरिएको छ । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त दलको नेताका रूपमा पोखरेल मुख्यमन्त्री नियुक्त भएकोले दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नपाइने तर्क रिट निवेदकको छ ।
प्रकाशित मिति : मंगलबार, साउन २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्