बुटवल – लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको छ ।
माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम)लाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवं कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलको राजीनामापछि बुधबार प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकारको दाबी पेस गर्न प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई बिहीबार दिउँसो ३ बजेसम्मको समयसीमा दिएका थिए ।
प्रकाशित मिति : बिहिबार, साउन २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्