काठमाण्डाै – हैटीमा गएको भूकम्पमा परेर कम्तीमा तीन सय जनाको ज्यान गएको छ । ७ दशमलव २ रेक्टर स्केलको भूकम्पमा परेर १८ सयभन्दा बढी घाइते भएका बीबीसीले जनाएको छ ।
उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । पुरिएकाहरुको उद्धार चलिरहेको छ । ज्यान गुमाउने र घाइतेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
भूकम्पमा परेर हजाराैँ भौतिक संरचना क्षतिग्रस्त भएका छन् । स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । प्रधानमन्त्री एरियल हेनरीले आपत्कालीन अवस्थाको घोषणा गर्नुभएको छ । उहाँले सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायसँग पनि अपिल गर्नुभएको छ ।
सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान जानुको साथै धेरै भौतिक संरचना नष्ट भएको थियो ।
प्रकाशित मिति : आइतबार, साउन ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्