बुटवल-लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद के.सी. ‘सोनाम’ ले प्रदेश सरकारले लिएको योजनालाई सफल बनाउनको लागि कर्मचारीहरुले दत्तचित्त भएर सहयोग गर्नका लागि निर्देशन दिनुभएको छ । निजामति कर्मचारी सेवा दिवशको २०७८ को अबसरमा सफल बनाउनको लागि कर्मचारीहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले प्रदेश सरकारको राजनीतिक दृष्टिलाई जनतामा दिदा चित्त बुझ्दो जनगुनासो आउन नदिनका लागि कर्मचारीहरु प्रशासनलाई नयाँ अभियानमा लाग्नका लागि अनुरोध गर्नुभयो ।
उहाँले जनताको सेवाको लागि आएकोले जनतालाई सेवा गर्नका लागि प्रदेश सरकार र निजामति क्षेत्रका कर्मचारीहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनुयभो ।
मुख्यमन्त्री केसीले प्रदेश सरकारले निजामति प्रदेश सेवा कानून बनाएर अगाडि बढ्ने कुरामा प्रदेश सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले मन्त्रालयको जिम्मेवारी वाडफाड भएमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : मंगलबार, भाद्र २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्