काठमाडौं – एमालेको विधान महाधिवेशनका कारण लुम्बिनी प्रदेश सभाको बुधबारका लागि बोलाइएको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक सारेका हुन् ।
यसअघि सूर्य चिन्हबाट चुनाव लडेका र कारबाहीमा परेका २ सांसदलाई पद मुक्त भएको सूचना प्रकाशित नगरेको भन्दै एमालेले निरन्तर संसद् बैठक अवरोध गरिरहेको थियो । यही कारण यसअघि ३ पटक बोलाइएको बैठक स्थगित भएको थियो ।
प्रदेश सभा बैठक अब असोज २० गते बुधवार दिउँसो १ बजे बस्ने छ।
प्रकाशित मिति : बुधबार, असोज १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्