बुटवल-नेपाली काँग्रेस तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुको बुधबार पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत यही असोज ९ गते भएको पालिका अन्तर्गतको अधिबेशनबाट निर्वाचित रुपन्देहीको तिलोत्तमा नगर समितिमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई एक कार्यक्रमका विच पदस्थापन सहित प्रमाण पत्र वितरण गरिएको हो ।
निर्वाचित नगरसभापती सभापतिमा हरिलाल पाण्डे, उपसभापतिमा कल्याण प्रसाद पौडेल र माया चौधरी, सचिबमा प्रदिप कुमार थापा र हुमलाल पौडेल तथा सहसचिवमा दिपक थापा र रमेश पराजुली सहित सर्वसम्मत भएका सदस्यहरुलाइ नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, उपसभापति फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण र निर्वाचन अधिकृत डा। ओमप्रकाश अर्यालले खादा, अविर र प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।
सो अवसरमा बोल्दै पार्टीका जिल्ला सभापति अब्दुल रज्जाकले निर्वाचित सबैलाई बधाई ज्ञापन गर्दै तिलोत्तमामा नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो दलका रुपमा स्थापित गर्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गर्नुभयो । उहांले आन्तरिक निर्वाचनका क्रममा भएका प्रतिष्प्रधालाई विर्सेर सबैलाई समेटेर अगाडी बढ्न नगर समितिलाई निर्देशन दिनुभयो ।
नगर सभापति हरिलाल पाण्डेले आगामी निर्वाचनमा तिलोत्तमा नगर र नगरका सबै वडामा नेपाली काँग्रेसले विजय हासिल गर्ने गरी संगठन निर्माणमा लाग्ने प्रतिवद्धता जनाउनु भयो ।
नगर सभापतिका प्रत्यासी हरिप्रसाद तिवारीले निर्वाचनमा भएको प्रतिष्प्रधालाई सहजरुपमा लिएर सबै एकजुट भएर तिलोत्तमामा नेपाली काँग्रेसलाई बलियो र शसक्त पार्टी बनाउन सबै जुटनु पर्ने बताउनु भयो ।
सो अवसरमा नगर समितिका निवर्तमान सचिव शिब प्रसाद गैरेले निर्वाचित सचिव द्वय प्रदिप कुमार थापा र हुमलाल पौडेललाई माइन्युट बुक हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, असोज १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्