लुम्बिनी प्रदेशमा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार रोकियो

लुम्बिनी प्रदेशमा गठबन्धनमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार रोकियो

बुटवल –लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको  बताए ।

नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहँदा नेपाली काँग्रेसमा देखिएको खटपटका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको उनको भनाइ छ । काँग्रेसका प्रमुख सचेतक फुखरुदिन खानले काँग्रेसबाट मन्त्रीका आकांक्षी धेरै भएका कारण शुक्रबार मन्त्री नियुक्त हुन नसकेको बताए ।

सरकारमा माओवादीबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मा मन्त्री बन्ने छन् । यस्तै नेकपा ९एकीकृत समाजवादी० बाट रमा घर्ती मन्त्री बन्ने लगभग निश्चित भइसकेको छ । माओवादीले दाङकी बिमला खत्री वलीलाई राज्यमन्त्री बनाउने भएको छ । उनी केही अघि एमाले र माओवादी केन्द्रको तानातानमा परेकी थिइन् । पछिल्लो समय उनले माओवादी केन्द्र रोजेकी हुन् ।

काँग्रेसले पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्रीमा यसअघि नै दाङका डिल्लीबहादुर चौधरीलाई पठाएको छ । वन, वातावरण तथा भूसंरक्षण मन्त्रीमा बर्दियाका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रूपन्देहीका बसिउद्धिन खाँलाई पठाउने निर्णय भएको थियो । तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीका लागि रूपन्देहीका अष्ठभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई पठाउने भन्नेबारे टुंगो लाग्न बाँकी छ भने काँग्रेसको भागमा परेको राज्य मन्त्रीमा पनि धेरै आकांक्षी भएका कारणले मन्त्रिपरिषद विस्तार रोकिएको हो ।र्

प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij