रोल्पामा पहिलो पटक अक्सिजन प्लान्टको मुख्यमन्त्री केसी द्वारा उद्घाटन

रोल्पामा पहिलो पटक अक्सिजन प्लान्टको मुख्यमन्त्री केसी द्वारा उद्घाटन

मानसिंह विश्वकर्मा-  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले रोल्पा जिल्लामा जडान गरिएको अक्सिजन पलान्टले अक्सिजनको अभावमा जीवनको मृत्यु हुने जोखिमलाई न्यूनिकरण गर्दै आम रोल्पालीको जीवन सुरक्षा हुने बताउनुभयो । यस्तो विचार मुख्यमन्त्री केसीले पहिलो पटक रोल्पा अस्पताल रोल्पामा अक्सिजन पलान्टको उद्घाटनमा कार्यक्रममा बताउनुभएको हो । गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलपप्रसाद केसीद्वारा उद्घाटन गरिएको छ ।

उहाँले भन्नुभयोः–“हामीले कोरोनाको कारणले गर्दा धेरै शिक्षा पनि लियौँ, अब अक्सीजनको अभावमा हुने जोखिमलाई कम गर्न सकिने र जीवन जोगाउनका लागि सहज हुनेछ ।उहाँले रोल्पा जिल्लाबाट रिफर हुने विरामीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा नै उपचार हुने वातावरणको सृजना गर्नका लागि प्रदेश सरकारले व्यवस्था गरेको बताउनुभयो ।मुख्यमन्त्री केसीले रोल्पा अस्पताल भवनको निर्माणमा भएको ढिलाई बारेमा यसको निर्माण व्यवसायीलाई तुरुन्त छानवीन र निर्माण गराउनको लागि नै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयोः–“रोल्पा अस्पतालको निर्माणमा भएको ढिलाई प्रति प्रमुख जिल्ला अधिकारीले तुरुन्त जाँचबुझ गरी तुरुन्त कारवाही प्रक्रिया अगाडि बढाउनुहोस्, राज्यकोले लिएको कार्यक्रमलाई नै छिटो रुपमा नै अगाडि बढाउनको पर्दछ, भवन निर्माणमा ढिलाई गर्नु हुँदैन जसलाई पनि कारवाही गर्नुपर्दछ” ।

मुख्यमन्त्री केसीले स्वास्थ्यक्षेत्रको समस्यालाई हल गर्नका लागि नै प्रदेश सरकारले पहिलो प्राथमिकताकासाथ ध्यान दिएको बताउनुभयो ।कार्यक्रममा प्रदेशसभा सदस्य दीपेन्द्र कुमार पुनमगरले रोल्पा जिल्लामा अजिनको जडान भएपछि आम रोल्पालीको जीवन सुरक्षा हुने कुरामा विस्वास व्यक्त गर्नुभयो । रोल्पा जिल्लामा विशेषज्ञ केन्द्रीत गरी जनतालाई सेवा प्रदानसमेत गर्न आग्रह गर्नुभयो ।रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पा अस्पतालको बत्तिको समस्यालाई हल गर्नका लागि १०० केभिएको जेनेटर प्रदान गरेको छ । साथै रोल्पा जिल्ला अस्पतालाई रोल्पा नगरपालिकाले स्वाथ्य सामाग्रीहरु प्रदान गरेको बताउनुभभो ।

कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पपाका कार्यवहाक प्रमुख कर्मलाल परियार, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, नेकपा (माओवादी केन्द्र) रोल्पाकाको अध्यक्ष सुरेन्द्र थापा घर्तीमगर प्रहरी नायव उपरीक्षक नरेश राज सुवेदी, सशस्त्र प्रहरी गुल्म रोल्पाका प्रमुख होमनाथ भट्टराई, अनुसन्धान कार्यालय रोल्पाका अनुसन्धान प्रमुख लगागायतको आतिथ्यता रहेको थियो । कार्यक्रम रोल्पा अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यको अध्यक्षतामा भएको थियो भने सञ्चालन रोल्पा अस्पतालका सि.अ.हे.व. कुलबहादुर डाँगीले गर्नुभएको थियो भने स्वागत रोल्पा अस्पतालका निमित्त प्रमुख प्रकाश बुढामगरले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, कार्तिक १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij