हाल नेपाल अधिराज्यभरी सेञ्चुरी कमर्सियल बैंक लि। का १२६ वटा शाखा सञ्चालन रहेकोमा यस लुम्बिनी प्रदेशमा १३ वटा शाखाहरु सञ्चालनमा रहेको छ । बैंकले उत्पादनमूलक, सेवामूलक लगायत विभिन्न क्षेत्रहरुमा लगानी गर्दै आएको छ। नेपाल आफैमा कृषिप्रधान देश भएको, अधिकांश जनता प्रत्यक्ष परोक्ष रुपमा कृषि र कृषिजन्य व्यवसायसँग आवद्ध भएकोले कृषि क्षेत्रमा लगानी बैंकको मुख्य प्राथमिकतामा छ ।बैंकले के कस्ता कामहरु गरिरहेको छ, आगामी दिनमा डिजिटल बैंकिङमा बैंकको रणनीति कस्तो छ, आदि विषयमा हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, सेञ्चुरी कमर्सियल बैंक लि। का बुटवल शाखा प्रमुख स्मृति श्रेष्ठ संग गरिएको कुराकानीको अंशः
१. रुपन्देही आसपास क्षेत्रमा तपाईहरुले कति शाखा सहित सेवा प्रदान गर्दै आउनु भएको छ ?
हाल नेपाल अधिराज्यभरी सेञ्चुरी कमर्सियल बैंक लि. का १२६ वटा शाखा सञ्चालन रहेकोमा यस लुम्बिनी प्रदेशमा १३ वटा शाखाहरु सञ्चालनमा रहेको छ । जसमध्ये रुपन्देही जिल्लामा ४ (बुटवल, भैरहवा, अमुवा र मझगावा), परासीमा २ (परासी बजार र बेलाटारी), गुल्मीमा १ (छत्रकोट), अर्घाखाँचीमा २ (भुमिकास्थान र मालारानी) शाखाहरु रहेका छन । बैंकको सेवा विस्तार गर्ने क्रममा छिट्टै रुपन्देहीमा हाम्रा थप ३ वटा शाखा संचालनमा आउन लागेको छ ।
२. लगानीका कुन कुन क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्दै आउनु भएको छ ?
सरल बैंकिग सबैका लागि भन्ने मुल नाराका साथ स्थापना भएकोले आमजनताले सहजरुपमा आधुनिक प्रविधिको साथमा सरल बैंकिग सेवा दिने बैंकको लक्ष्य रहेको छ । लगानी तर्फ सेञ्चुरी बैंकको मुख्य प्राथमिकता साना, मझौला तथा रिटेल व्यवासयमा रहेको छ । कृषिजन्य उद्योगलाई प्रवद्र्धन गर्ने, महिला तथा युवाले गर्ने उद्यमशिलतालाई थप प्रोत्साहन गरिरहेका छौं ।
३. बैंकले राष्ट्र बैंक अन्र्तगतका विभिन्न कार्यक्रमहरुलाई प्राथमिकता राखेर लगानी गर्ने गरेको छ छैन? के छ अवस्था ÷ जस्तै महिला उद्यमशील कर्जा, कृषि, विपन्न वर्गमा गरिने लगानी ?
नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा हुने गरी हामीले उत्पादनमूलक, सेवामूलक लगायत विभिन्न क्षेत्रहरुमा लगानी गर्दै आएका छौ । नेपाल आफैमा कृषिप्रधान देश भएको, अधिकांश जनता प्रत्यक्ष परोक्ष रुपमा कृषि र कृषिजन्य व्यवसायसँग आवद्ध भएकोले कृषि क्षेत्रमा लगानी बैंकको मुख्य प्राथमिकतामा छ । जनसंख्याको आधा हिस्सा ओगटने महिलाहरुको उद्यमशिलता विकास भएमा मात्रै देशको आर्थिक विकासले थप गति लिने भएकोले महिला उद्यमशिल विकासमा हामी प्रतिबद्ध छौं । महिलाहरुले गर्ने व्यापार, व्यवसायलाई प्राथमिकतामा राखी लगानी गर्दै आएका छौं । साथै विपन्न वर्ग कर्जासमेत विशेष केन्द्रित रहेको छौ । नेपाल राष्ट्र बैंकले लक्ष्ति गरेका सबै क्षेत्रमा सेञ्चुरी बैंकले प्राथमिकताका साथ लगानी गरेको छ ।
४. समाजिक उत्तरदायित्तव अन्र्तगत पनि बैंक तथा वित्तिय संस्थाले कार्य गर्नु पर्ने पुरा गर्न राष्ट्र बैंकको नियम छ ? यो समाजिक उत्तरदायित्तव अन्र्तगत कार्यक्रममा तपाईहरुको भुमिका अन्र्तगत के कति कार्यक्रम गर्नु भयो ?
बैंकको समाजिक उत्तरदायित्तव पुरा गर्न हामी निरन्तर लागि रहेका छौ । बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत विभिन्न शाखाहरु मार्फत विभिन्न कार्य गर्दै आएको छ । आम सर्वसाधरण लाभान्वित हुने गरि र वित्तिय साक्षरता प्रर्वद्धन गर्ने खालका कार्यक्रममा हाम्रो जोड रहेको छ । वित्तिय साक्षरता बढाउने क्रममा निरन्तर रुपमा हामी विभिन्न वित्तिय साक्षरताका कार्यक्रमहरु ग्रि रहेका छौ । बुटवल तथा आसपासका क्षेत्रहरुमा सेञ्चुरी कर्मसियल बैंकले स्कुल, क्याम्पसहरुमा वित्तिय साक्षरताका कार्यक्रम सफलता पुर्वक सञ्चालन गरि सकेका छौ । साथै यसै क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तगत कायैक्रम गर्ने तयारी गर्दैछौ ।
५. आधुनिक बैंकिङ्ग अन्र्तगतका स्किमहरु के कस्तो ल्याउनु भएको छ?
कोरोनाको कहर पछि सामाजिक दुरी कायम गर्नका लागि पनि आधुनिक बैंकिङ्गको आवश्यकता देखिएको छ । आज हरेक व्यक्तिको हातमा स्मार्ट फोन छ, जसले आधुनिक सूचना प्रविधिमार्फत डिजिटल बैकिंग कारोवार गर्न सहज गरेको छ । सेञ्चुरी कर्मसियल बैंकले सेञ्चुरी पे (मोबाइल बैंकिग), इन्टरनेट बैंकिग, क्युआर कोड लगायत विभिन्न कार्ड सेवाहरु मार्फत वित्तिय सेवा संञ्चालनमा ल्याएको छ र यस्ता धेरै सुविधा सहजतापुर्वक उपयोग गर्न सकिन्छ । बैंकले सहज एवंम् सरल रुपमा न्युनतम शुल्कमा मोबाइल बैंकिग, इन्टरनेट बैंगिक, भिषा डेविट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, क्युआर कोड आदि सेवा प्रदान गर्दै आएको छ । सेञ्चुरी पे एप ग्राहकहरुले आफ्नो मोबाइलमा डाउनलोड गरि विभिन्न बैंकिङ्ग कारोबार सजिलै गर्न सकिन्छ । साथै सेञ्चुरी सहज खाता अनलाइन खोल्न सकिन्छ ।
६. तपाई यसै बैंकिङ्ग क्षेत्रमा रहेर काम गर्दै गर्दा यस क्षेत्रमा लगानीको अवस्था र अवसर कुन क्षेत्रमा देख्नु भयो र कसरी हेर्नु भएको छ ?
मेरो धारणा दिनु पर्दा नेपालको अर्थव्यवस्था आयातमा आधारित छ, त्यो पनि वस्तु तथा सेवा उपभोगका लागि । अधिकांश नेपाली नागरिक वैदेशिक रोजगारीमा आवद्ध रहेकाले, रेमिटान्सले आयातको खर्च धान्दै आएको अवस्था छ । हामीले आन्तरिक उत्पादन, पूर्वाधारमा लगानी बढाउदै स्वदेशमा नै रोजगारी वृद्धि हुने क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासमा जोड दिनु पर्दछ ।
७. बैंकिङ्ग कार्यक्रमहरुमा म्भउयकष्त क्भअतयच तर्फ के कस्तो सुविधाहरु प्रदान गर्नु भएको छ साथमा अन्य सुविधाहरुको बारेमा पनि जानकारी गराइ दिनुहोला ?
निक्षेप कुरा गर्दा अझै पनि जनमानसमा भोलीका लागि, उद्यम व्यवसायका लागि बचत गर्नु पर्दछ भन्ने सुचना हामीले दिन सकेका छैनौ । सुरक्षित बचतका लागि बैंकमै बचत गर्नु पर्छ भन्ने सन्देश अझै पनि जनमानसमा पुगेको छैन । जनमानसमा बैंकिग सुचनाको सम्प्रेशन गर्दै भोलिको उज्वल भविष्यको लागी बैंकले बालबालिकालाई बैकिंग सेवाको विकास गर्न सेञ्चुरी बालबचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, रेमिटान्स बचत खाता लगायत विभिन्न प्रकारका बचत योजना संचालनमा ल्याएको छ । आजको बचत नै भोली आर्थिक सम्मुन्नतीको आधार हो । निक्षेप प्रोत्साहन गर्नको लागि सेञ्चुरी कर्मसियल बैंकले आकर्षक ब्याजदरमा विभिन्न निक्षेपका प्रकार ल्याएका छौ । विशेष गरी च्झष्ततबलअभ बचतकर्ताहरुलाई अन्य भन्दा आकर्षक ब्याजदर प्रदान गर्दै आएका छौं । विदेशमा दुख गरि कामाएको रकम बैंकमा बचत वा मुद्धती खाता खोली राखेमा अन्य बचतभन्दा एक प्रतिशत बढी ब्याज प्रदान गरेका छौ ।
प्रकाशित मिति : बिहिबार, पुष १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्