सन्धिखर्क – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेस भित्र गुट र भागबण्डाको अन्त्य गर्ने बताएका छन् । उनले पार्टी भित्रका गुट र भागबण्डाको अन्त्य गर्दै विधानसम्मत ढंगले पार्टीलाई चलाउने बताए ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले अर्घाखाँचीको दुर्गाफाँटमा गरेकोे बृहत् आमसभा तथा पार्टी पवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसले गरिबीमा रहेको जनसंख्यालाई कसरी उकास्ने तथा बेराजगारीलाई कसरी रोजगारी श्रृजना गर्ने भन्ने दिशामा कांग्रेस अगाडि बढ्ने बताए । कतार तथा मलेसियामा गएका युवाहरुलाई रोजगारी श्रृजना गर्नेमा नेपाली कांग्रेसको अबको रणनीति हुने बताएका छन् ।
महामन्त्रीमा निवार्चित भएपछि काठमाण्डौ उपत्यका बाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै कांग्रेस नेता थापाले स्थानीय तहको निर्वाचन बैशाखमा हुने तथा प्रदेश र संघको निर्वाचन मंसीरमै हुने भएकाले निर्वाचनको तयारीमा लाग्न कांग्रेस कार्यक्रताहरुलाई आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसाले केपी ओलीका कारण देश पछाडि धकेलिएको बताइन् । उनले जनताको बलिदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस पाटी जस्तोसुकै मूल्य चुकाउन पनि पछाडि नपर्ने बताइन् । उनले अर्घाखाँचीको विकासमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
नेपाली कांग्रेस पाणिनीका सभापति तुल्सी पौडेलको अध्यक्षता, जिल्ला सचिव तथा पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमको सञ्चालन र यादव प्रसाद घिमिरेको स्वागत मन्तब्यमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतम, नेपाली कांग्रेसका सहमहामन्त्री विष्णु खनाल, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेविसंघका महामन्त्री युवराज पाण्डे, कांग्रेसमा प्रवेश गर्नेको तर्फबाट लक्ष्मी गौतम लगायतले मन्तब्य राखेका थिए ।
एमालेबाट निर्वाचित पालिका उपाध्यक्ष गौतमसहित ४ सय ७५ जना कांग्रेसमा प्रवेश
२०७४ सालको स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमालेबाट उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतमसहित ४ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस पाणिनी गाउँपालिकाले दुर्गाफाँटमा गरेकोे बृहत् आमसभा कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपाध्यक्ष लक्ष्मी गौतम लगायत नेकपा एमाले र नेकपा माओवादीका ४ सय ७५ जनालाई नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।
दुर्गाफाँटमा भएको कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी लगायतका सयाै जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । एमालेबाट निर्वाचित गौतम गाउँपालिका महासंघको केन्द्रीय सदस्य समेत रहेकी छिन् ।
प्रकाशित मिति : सोमबार, पुष १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्