लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकका निर्णयहरु

लुम्बिनी प्रदेशको मन्त्रीपरिषद बैठकका निर्णयहरु

पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) आदेश, स्वीकृति

बुटवल,

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरुलाइ २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए । सरकारले सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य कमल बहादुर श्रीस थापालाइ नियुक्त गरेको छ ।

पाल्पा दरबार संग्रहालय विकास समिति (गठन) आदेश, २०७८ स्वीकृति गर्ने निर्णय मन्त्रीपरिषद बैकले गरेको छ । प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेरकालागि स्वीकृती प्रदान गरेको छ । स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन (पहिलो संशोधन) कार्यविधि, २०७८ स्वीकृत गर्नुका साथै प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति : मंगलबार, माघ २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij