लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १२ औं बार्षिकउत्सव म्याराथुन फुटवल देखि गित गजल प्रतियोगिता

लुम्बिनी प्रादेशिक अस्पतालको १ सय १२ औं बार्षिकउत्सव म्याराथुन फुटवल देखि गित गजल प्रतियोगिता

मुख्यमन्त्रीको आतिथ्यतामा मुल समारोह ४० वेडको आईसियु, ५० वेडको मेडिकल वार्ड थपिर्दै

 

बुटवल । लुम्बनी प्रादेशिक अस्पताल बुटवलको १ सय १२ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको साताव्यापी कार्यक्रम अन्तरगत शनिबार पनि विभिन्न कार्यक्रम सम्पन्न हुदै छन् । आज विहान बुटवलको मणिग्राम देखि जानकीनगरसम्म ३ किलोटिरको दुरीमा म्याराथुन दौड प्रतियोगिता सम्पन्न भएको छ । अस्पतालका झण्डै २ सय कर्मचारी शुभचिन्तचकहरुको सहभागितामा प्रतियोगिता सम्पन्न भएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा ईन्द्र ढकालले जानकारी दिनु भयो । आजै अस्पतालको साताव्यापी कार्यक्रम अन्तरगत अस्पतथाल परिसर सरसफाई कार्यक्रम पनि हुदै छ । अस्पताल परिसरमा एक समारोहका विचमा सरसफाई गरिने अस्पताल प्रशासनले जनाएको छ । दैनिकरुपमा सरसफाई गरिने भएपनि वार्षिकउत्सवको अवसरमा विशेष सरसफाई गरेर सकारात्मक सन्देश प्रवाह गरिने मेसु डा ढकालले बताउनु भयो । आजै प्रदेश प्हरी तालिम केन्द्रमा जारी कर्मचारीहरु विचका फुटवल तथा भलिवल प्रतियोगिताका फाईनल खेलहरु पनि सम्पन्न हुदै छन् । भलिवल प्रतियोगितामा प्रशासन र चिकित्सक समुह प्रथम स्थानका लागि भिड्दै छन् भने फुटवलमा चिकित्स,फार्मेसि र प्रशासन समुहका विचमा खेल हुने फर्मेसि विभागका प्रमुख भागिरथ रानाले बताउनु भयो । यस अघि गित तथा कविता वाचन प्रतियोगिता देखि रक्तदानसम्मका कार्यक्रम सम्पन्न भएका छन् । वार्षिक कार्यक्रमको मुल समारोह भने भोली आईतवार अस्पताल परिरिमा विशेष समारोहकाविच हुने भएको छ । प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीको प्रमुख अतिथ्यतामा मुल समारोह हुने भएको हो । सोहि अवसरमा अस्पतालमा निमार्ण भएको ४० वेडको आईसियू तथा ५० वेडको मेडिकल वार्डको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरि साताव्यापी रुपमा गरिएका विभिन्न कार्यक्रममा विजयी सहभागिहरुलाई पुस्कार समेत वितरण गरिने छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij