बुटवल -नेपाल सुनचाँदी व्यवसायी महासंघ को ९औ स्थापना दिवस को अवसरमा रुपन्देही सुनचाँदी व्यवसायी संघले बिभिन्न कार्यक्रम गरि मनाएको छ । संघले स्थापना दिवसको अवसरमा रक्तदान,फलफूल वितरण एवम केक काटेर शुभकामना आदन प्रदान गरि मनाएको हो ।
रुपन्देही सुनचाँदी व्यवसायीले सामाजिक उत्तरदायित्व अन्तर्गत रगत अभावका कारण कसैको ज्यान जान नपरोस भनेर रक्तदान आयोजना गरिएको रक्तदान कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् उनीहरुलाइ धन्यबाद सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।
रक्त संचार सेवा केन्द्र बुटवलमा शुक्रबार गरिएको रक्तदान कार्यक्रममा व्यवसायीको उल्लेख्य उपस्थिती रहेको थियो ।
रक्तदान गरेर रगतको अभावमा कोही कसैको ज्यान जान नपरोस भन्ने भावनालाई मनन गरि कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक किशोर कुमार सुनारले बताउनु भयो ।

कार्यक्रमा संघका सल्लाहकार प्रमुख अतिथी बिक्रम बहादुर सुनार ,सल्लहाकार सुरेसचन्द्र बज्राचार्य ,सल्लहाकार पुरन सेन्चुरी, कोषाध्यक्ष मनोज कुमार सेन्चुरी,सह कोषाध्यक्ष संजय सेन्चुरी,बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक, तिलोत्तमा सुनचाँदी व्यवसायी संघ अध्यक्ष कृष्ण बहादुर रसाइली, देवदह अध्यक्ष इन्द्र बहादुर सुनार,हेम बहादुर बिक, कार्यलय सचिव मुना सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका प्रथम उपाध्यक्ष किशोर कुमार सुनारको संयोजन एवम महासचिव सिताराम रसाइलीको संचालन सम्पन्न भएको हो ।

त्यस्तै संघले भिम अस्पताल भैरहवामा रहेका विभिन्न रोगको उपचार गराई रहेका३५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको रुपन्देही सुनचाँदी व्यवसायी संघ अध्यक्ष राम किसन बिश्वकर्माले बताउनुभयो ।
भैरहवाको फलफुल बितरण कार्यक्रममा प्रमुख अतिथि प्रेम कुमार सेन्चुरी, विशिष्ट अतिथि सिद्धार्थनगर उधोग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, विशिष्ट अतिथि भिम अस्पताल बिकास समिति का नव नियुक्त अध्यक्ष कुल प्रसाद न्योपाने, सल्लाहकारहरू विक्रम बहादुर सुनार, डम्मर लाल रामदाम, श्याम कुमार वि क लगायतले बोलेका थिए । कार्यक्रम संघका अध्यक्ष राम किसन बिक को सभापतित्व, सिद्धार्थनगर अध्यक्ष प्रकाश मणि विकको स्वागत एवम राजु बिकको संचालन सम्पन्न भएको हो ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्