करिब ६ महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

करिब ६ महिनापछि गण्डकी प्रदेश सभा बैठक बस्दै

पोखरा -करिब ६ महिनापछि गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन आजदेखि सुरु हुँदैछ । असोज ५ गते बर्खे अधिवेशन अन्त्य भएपछि अर्को बैठक बोलाइएको थिएन ।

एउटा अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै अर्को अधिवेशन आह्वान गर्नुपर्ने  संवैधानिक व्यवस्था छ । आजको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले यसबीचमा नियुक्त भएका मन्त्री र सरकारको महत्वपूर्ण कामबारे संसदमा जानकारी गराउने छन् ।

आज हुने बैठकमा गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने ५ दलका नेताले आफ्नो भनाइ राख्ने छन् । यसबीचमा सरकारले गरेका काम र निर्णयबारे यो अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले संसदमा कडा रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा कांग्रेस नेतृत्व सरकार हिँडेको, बाटो, प्राथमिकताबारे खबरदारी गर्ने छन् ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij