संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम लुम्बिनीमा सुरु

संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम लुम्बिनीमा सुरु

बुटवल – संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशको आयोजनामा बिहीबारदेखि लुम्बिनीमा ३ दिने संसदीय पत्रकारका लागि क्षमता अभिवृद्वि तालिम सुरु भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक फखरूद्दिन खानले राज्यलाई गलत बाटोमा जान नदिन पत्रकारहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसमा पनि संसदीय मामिलाको रिपोर्टिङ गर्ने पत्रकारहरू थप जिम्मेवार हुनुपर्ने धारणा राखे ।

पत्रकारहरूको कलम जति जनप्रतिनिधिहरूप्रति सोझियो त्यति जनप्रतिनिधिहरू सच्चिने मौका मिल्ने बताउँदै उनले त्यसका लागि पत्रकारहरू पनि चनाखो हुनुपर्ने विचार ब्यक्त गरे ।

लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले संसदीय मामिला पत्रकार र प्रदेश सभा सचिवालयबीच समन्वय हुन जरुरी भएको बताउँदै समन्वय नहुँदा गलत सुचना जानसक्ने तर्फ पत्रकारहरू पनि सजग हुनुपर्ने उल्लेख गरे ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले पत्रकारहरूको क्षमता अभिबृद्वि गर्ने बिषयमा प्रदेश सरकार सम्वेदनशील नभएको भन्दै संचार क्षेत्रमा छुट्टयाइएको बजेट समेत मन्त्रालयहरूले आफुखुसी खर्च गर्ने गरेको गुनासो गरे ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनीका अध्यक्ष विष्णु घिमिरेको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष दशरथ घिमिरे, नेपाल प्रेस युनियन रूपन्देहीका सभापति रेखा भुसाल, संसदीय मामिला पत्रकार समाज लुम्बिनीका सल्लाहकार यमलाल भुसाल,महासचिव सीपी खनाल,कोषाध्यक्ष लक्ष्मण पोखरेल लगायतले तालिमको उपयोगिता र महत्वका बारेमा आ आफ्नो भनाइ राखेका थिए ।

रूपन्देही र दाङका गरि ४० जना पत्रकारहरूको सहभागिता रहेको तालिममा प्रमुख प्रशिक्षकको रूपमा ईकागज अनलाइनका प्रधान सम्पादक हरिबहादुर थापा, लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन लगायतले संसदीय अभ्यास र संसदीय रिपोर्टिङ गर्दा अपनाउनुपर्ने बिषयमा सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij