श्रीलङ्कामा आर्थिक सङ्कट : सबै २६ मन्त्रीको सामूहिक राजीनामा

श्रीलङ्कामा आर्थिक सङ्कट : सबै २६ मन्त्रीको सामूहिक राजीनामा

चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले राजीनामा दिएका बीबीसीले जनाएको छ ।

मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।

श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । विदेशी मुद्राको अभावले इन्धन आयातको भुक्तानी गर्न नसक्दा यसको असर परेको छ । कम्तीमा १२ घण्टा लोडसेडिङसँगै खाद्यन्न र औषधिको पनि अभाव छ । श्रीलङ्कामा अहिले मानिसहरूलाई सार्वजनिक सडक, पार्क, रेल वा समुद्री तटमा लिखित अनुमतिबिना जानमा रोक लगाइएको छ । आर्थिक सङ्कट बढेर प्रदर्शन बढेसँगै सन् २०१९ मा अत्याधिक मतसहित विजयी भएका राष्ट्रपती राजपक्षको लोकप्रियता घटिरहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij