उद्योगी व्यवसायी भन्छन्–‘ यसपाली गठबन्धनलाई जिताउँछौँ ’

उद्योगी व्यवसायी भन्छन्–‘ यसपाली गठबन्धनलाई जिताउँछौँ ’

तिलोत्तमा-स्थानीय तहको निर्वाचनमा रुपन्देहीको तिलोत्तमाका उद्योगी व्यवसायीहरुले गठबन्धनका उम्मेद्वारहरुलाई बिजयी बनाउने प्रतिबद्धता जनाएका छन् । एमाले नेतृत्वकै कारणले उद्योग व्यवसाय क्षेत्र धरापमा पर्दै गएकोले भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता जनाए ।
नेकपा एमाले नेतृत्वको तिलोत्तमाले उद्योगी व्यवसायीका क्षेत्रमा काम गर्दा बिभेद गरेकोले एमाले नेतृत्वलाई कुनैपनि हालतमा नदोहोराउने र गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउने घोषणा उद्योगी व्यवसायीले गरेका हुन् ।
शुक्रबार तिलोत्तमा मणिग्राममा तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा स्थानीय तहको निर्वाचन सम्बन्धी छलफल कार्यक्रमा बोल्ने बक्ताहरुले एमाले नेतृत्वको तिलोत्तमा सरकारले उद्योगी व्यवसायीको क्षेत्रमा केही काम गर्न नसकेको बताए ।
कार्यक्रममा बोल्दै बरिष्ठ उद्योगी एवं तिलोत्तमा उद्योग बाणिज्य संघका सल्लाहकार चन्द्रमान श्रेष्ठले एमाले नेतृत्वको सरकारले उद्योग व्यवसाय बचाउने कुनैपनि काम नगरेको आरोप लगाए । उनले उपलब्धी बिहिन लगानी सम्मेलन गरेर उद्योग व्यवसाय भित्राउने सपना बताएपनि कुनै उद्योग भित्रिन नसकेको बताए ।
तिलोत्तमाले यहाँ रहेका उद्योगी व्यवसायीको रक्षाको लागि कुनै काम नगरेको बताउँदै उनले आफुहरुका समस्याको बारेमा कुनै पहल नगर्ने पार्टिका उम्मेद्वारलाई पराजित गर्नेबेला आएको बताए ।
आफुहरुको पक्षमा काम गर्ने गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे । उनले भने, –‘हाम्रा समस्या समाधान एमाले नेतृत्वको तिलोत्तमाले गरेन, हामीलाई सहयोग गर्ने र हाम्रो क्षेत्रमा काम गर्ने प्रतिबद्धता लिएर आएका गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउनुपर्छ । यसमा हामी सबै लाग्नुपर्छ ।’
यस्तै कार्यक्रममा बोल्दै उवा संघ तिलोत्तमाका अध्यक्ष गुनानिधि भण्डारी(माधव)ले यहाँका व्यवसायीलाई कर थोपर्ने काम एमाले नेतृत्वले गरेको बताउँदै कर छुट सहितको प्रतिबद्धता बोकेको गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे । उनले उद्योगी व्यवसायीका समस्या लिएर मेयरकोमा पुग्दा भेट समेत नदिने पार्टिका उम्मेद्वारलाई मतदान नगर्न आग्रह गरे । उनले अब गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
एसोदा फुड्स प्रालिका प्रवन्धक मधुसुदन घिमिरेले बोल्दै करिब ३ वर्षको कोरोना महामारीको समयमा पनि उद्योग व्यवसायीको हितको पक्षमा कुनैपनि काम नगरेको तिलोत्तमामा यो पटक गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन आग्रह गरे । उनले भने,–‘ यति लामो कोरोनाको महामारीमा हामी उद्योगी व्यवसायीलाई केही कुरामा छुट र राहत समेत नगरले दिएन्, जब हाम्रो लागि केही काम नै गर्दैनन् भने किन त्यहि पार्टिका मान्छेलाई भोट दिने । भ्रष्टाचारमुक्त तिलोत्तमाको नारा बोकेका उम्मेद्वारहरुलाई मत दिएर बिजयी बनाउनु पर्छ । ’
कार्यक्रममा संघका उपाध्यक्ष हरिलाल पाण्डे, उद्योगी व्यवसायी हरि कंडेल, संघका महासचिव कमल कंडेल, कोषाध्यक्ष सुरज पंगेनी, व्यवसायी हरि पन्त लगायतले गठबन्धनका उम्मेद्वारलाई मतदान गरि बिजयी बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
भ्रष्टाचारमुक्त तिलोत्तमा र व्यवसाय करमा छुट सहितको घोषणापत्र लिएर गठबन्धनबाट मेयर पदमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयर पदमा माओबादी केन्द्रका हेमलाल पाण्डे(हेमन्त) उम्मेद्वार रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij