तिलोत्तमा वडा नं तीन मा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार अन्तिम चरणमा, घरदैलो कार्यक्रम कोणसभा गरि सम्पन्न

तिलोत्तमा वडा नं तीन मा नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार अन्तिम चरणमा, घरदैलो कार्यक्रम कोणसभा गरि सम्पन्न

 

रूपन्देहीको तिलोत्तमा वडा नं तीन को वडाध्यक्षमा नेपाली कांग्रेसका कल्याण प्रसाद पौडेल उम्मेदवार छन् । वडालाइ बिकासमा नमुना बनाउने उनको योजना छ । बैसाख ३० मा हुने स्थानीय तह निर्वाचन २०७९ का लागि उनले प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेर मतदाता भेटघाटमा ब्यस्त भएका छन् ।
उनले वडामा रहेको हाम्रो सगरमाथा आधारभूत विद्यालय को स्तरोन्नति गरी अङ्ग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ हुने व्यवस्था गरिने र सिमानगर खेलकुद मैदाको स्तरोन्नति, खेलाडीलाई खेलकुद सामाग्री को व्यबस्था गर्ने बताए ।
वडा अध्यक्ष पत्रमा सुशासन, स्वास्थ्य, सरसफाइ, शिक्षा, सामाजिक सुरक्षा, भौतिक पुर्वाधार, कृषि लगायतका बिषय अगाडी सारिएको छ ।

वडा न ३ मा पौडेलको नेतृत्वमा महिला सदस्यमा चुडाकुमारी बिष्ट, दलित महिला सदस्यमा रेखा सार्की, खुला सदस्यमा बिष्णुबहादुर थापा र नारायणबहादुर थापा क्षेत्री उम्मेदवार रहेका छन् ।
उनीहरुले वडालाई भ्रष्टाचार मुक्त वडा र विकासमा नमुना वार्ड वनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

नेपाली कांग्रेसले वडाको विकासका लागि उद्योग ब्यवसाय र सामाजिक अभियानमा निरन्तर खटिरहने युवाहरुलाई उम्मेदवार वनाएको भन्दै वडावासी पनि खुशी भएकाछन् । मतदाताको घरदैलोमा पुग्दै गर्दा सबै मतदाताले यो पटक कांग्रेसका सबै उम्मेदवारलाई विजयी वनाउने प्रतिवद्धता सहित विजयको शुभकामना ब्यक्त गरेकाले आफुहरुको विजय सुनिश्चित भएको सदस्य पदका उम्मेदवार चुडा कुमारी बिष्ट (सीता) ले बताइन् । चुनाव प्रचार प्रसार को कोण सभामा नेपाली काँग्रेसका महासमिति सदस्य एवं चुनाव प्रचार प्रसार संयोजक चित्र बहादुर केसीले वडामा नेपाली काँग्रेसको जित सुनिश्चित रहेको र एमाले ले बनबाटिकामा निर्मित भ्यूटावर बाट कांग्रेस को बिजय उत्सव टुलुटुलु हेरेर बस्ने बताए । सो अवसरमा नेपाली काँग्रेसका अध्यक्षका उम्मेद्वार कल्याण प्रसाद पौडेल ले वडा बासीको सुख दुःख साट्ने प्रतिबद्धता जनाए, कोण सभामा नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि सुदिप शर्मा, माओबादी केन्द्र का वडा नं तीन का वडा कमिटी सदस्य चित्र बहादुर सुबेदी, नेपाली काँग्रेस वडा नं तीन का सचिव दिनेश सुबेदी, तरुण दलका वडा अध्यक्ष अमृत पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : सोमबार, बैशाख २६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij