बुटवल -रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर-१७ मा ज्ञान बहादुर रेस्मी अध्यक्ष सहित नेपाली कांग्रेसको पुरै प्यानल बिजयी भएको छ। शुरुदेखि नै भारि मतले अगाडी देखिएका रेस्मीको टिम अन्ततस् ४ सदस्यसहित बिजयी भएका हुन्। जसको अध्यक्षमा चौधरीले १२४६ मत ल्याएका छन् भने महिला सदस्य देबि थारु ले १०९८, दलित महिला सदस्य रेखा वि ।क। ११८५, खुल्ला सदस्य तुल्सी चौधरीले ११५९ र राम प्रसाद न्यौपानेले ११५८ मत प्राप्त गरेका छन्।
रेस्मीले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका गंगा प्रसाद न्यौपानेलाई लाई २८५ मत अन्तरले पछि पारेका हुन् भने महिला देबि थारुले ११५, दलित सदस्य रेखा वि ।क। १९९, खुल्ला सदस्य तुल्सी थारुले २०५ र राम प्रसाद न्यौपाने ले १७७ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
वडा अध्यक्षका उम्मेदवार रहेका ज्ञान बहादुर रेस्मीको प्यानलले बिजयीहुन साथ वडाबासीहरुमा बधाई र धन्यबाद दिएका छन्।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्