पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

कास्की – पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।

पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ ।

नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । ‘डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ । विशेषत फार्महरुमा बढी क्षति पुगेकाे छ’ उहाँले भन्नुभयाे ।

विस्थापित हुनेहरूलाई सुरक्षित ठाउँमा राखिएकाे र अहिलेसम्म कुनै मानवीय क्षति नभएकाे उहाँले बताउनु भयाे । उहाँका अनुसार पोखरा-१६ अमलामा भने एउटा घर बगाएकाे छ ।

प्रकाशित मिति : शनिबार, असार ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij