धान दिवसमा बुटवलका मेयर पाण्डेसहितको टोलीद्वारा किसानको खेतमा रोपाइँ

धान दिवसमा बुटवलका मेयर पाण्डेसहितको टोलीद्वारा किसानको खेतमा रोपाइँ

बुटवल – बुटवल उपमहानगरपालिकाले धान दिवसको अवसरमा किसानको खेतमा रोपाइँ गरेर मनाएको छ ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेको हो ।
वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।
रोपाइँ कार्यक्रमअघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताए ।
उनले सो क्षेत्रमा उत्पादन हुने तरकारी, फलफूलसहितका कृषिजन्य उत्पादनलाई भैरहवा विमानस्थलबाट विदेश लग्ने गरी उत्पादनमा जोड स्थानीयलाई आग्रह गरे ।
‘यो क्षेत्रलाई कृषि उत्पादनमा अगाडि बढाउनुपर्छ, यहाँका बासिन्दाले चासो नदिने र व्यवसायिक उत्पादन शुरु नगर्ने हो भने हामी आत्मनिर्भर बन्न सक्दैनौं, उनले भने–यहाँ उत्पादन भएको तरकारी, फलफुल यहीँ खपत गर्ने र विदेश निर्यात गर्ने गरी तपाइँहरुले चासो दिनुहोस्, उपमहानगरपालिकाले के कसरी साथ दिनुपर्ने हो दिन्छ ।’
रोपाइँ कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, प्रवक्ता शिव राना, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापासहितका वडाध्यक्ष, सदस्यहरु सहभागी थिए ।

 

 

 

प्रकाशित मिति : बुधबार, असार १५ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij