अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा

अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा

काठमाण्डाै – निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको जनाएको छ ।

आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ भने अरु केही प्राविधिक काम बाँकी रहेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अबको हप्ता, १० दिनभित्र अनलाइन प्रणाली तयार हुने जानकारी दिनुभयो । आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ ।

आयोगकाअनुसार मोबाइलबाटै आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । विवरणसहितका कागजात अपलोड गरेपछि व्यक्तिका मोबाइलमा नम्बर उपलब्ध हुनेछ । यो नम्बरका आधारमा सम्बन्धित निर्वाचन कार्यालयले बायोमेट्रिक लिएर प्रमाणीकरण गरी नामावली दर्ता गरिदिनेछ ।

अनलाइन प्रविधिको सुविधा भएपछि अरु विवरण घरबाटै भर्न मिले पनि प्रमाणीकरणका लागि एक पटक सम्बन्धित कार्यालयमा भने पुग्नैपर्ने आयोगले जनाएको छ । आउँदो चुनावका लागि अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ ।

अहिले अनलाइन प्रविधि तयार भइनसकेकाले मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि निर्वाचन कार्यालयमै जानुपर्छ । आयोगले चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावली दर्ता र अद्यावधिक गर्न सकिने जनाएको छ।

प्रकाशित मिति : शनिबार, असार १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij