संघीय संसदका दुवै सदनकाे बैठक आज

संघीय संसदका दुवै सदनकाे बैठक आज

काठमाडौं –  संघीय संसदका दुवै सदनको बैठक आजका लागि बोलाइएको छ। दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरु पेश हुने भएका छन्।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ। यस्तै राष्ट्रियसभामा उत्पति भएका औषधि तेस्रो संशोधन विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची छ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८ र राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ।

यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता छलफल र अनुमोदनका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।

यसैबीच राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

प्रकाशित मिति : सोमबार, असार २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij