भैरहवा-रुपन्देहीको मायादेवी गाउँपालिकालाई कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । यहाँ बसोबास गर्ने १२ वर्ष उमेर समूह माथिका ३९ हजार २ सय ८४ जना नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमकान्त चपाई, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको उपस्थितिमा गाउँपालिका अध्यक्ष धुव्रनारायण चौधरीले मायादेवी गाउँपालिकालाई पूर्ण खोप पालिका घोषणा गरेका हुन् ।
मायादेवी रुपन्देहीमा पूर्ण खोप घोषणा हुने पालिकामध्ये आठौं पालिका हो । हालसम्म देशभर १४ वटा पालिका मात्रै कोभिड–१९ विरुद्धको पूर्ण खोप पालिका घोषणा भएका छन् ।
मायादेवी गाउँपालिकालाई नियमित खोपको दिगोपना सुनिश्चितता र वडा नम्बर ३ लाई पूर्ण संस्था प्रसुति वार्ड घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले जानकारी दिए । कार्यक्रममा पालिकाभित्रका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल, कार्यालयका खोप अधिकृत भेषराज शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिना लगायतले बोल्दै पालिकाले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको उल्लेख गरे ।
प्रकाशित मिति : बिहिबार, असार २३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्