काठमाडौं – श्रीलंकामा राष्ट्रपति गोटाबय राजपक्षको निवासमा प्रदर्शन भएको छ । प्रदर्शन चर्किँदै गएपछि राष्ट्रपति राजपक्षलाई सुरक्षित ठाउँमा लगिएको छ। यसअघि राजधानी कोलम्बोमा जम्मा भएको ठूलो भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीहरूले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।
देशका विभिन्न भागबाट प्रदर्शनमा भाग लिन सयौँ मानिसहरू कोलम्बो आएका छन् । हजारौं प्रदर्शनकारीले राजधानी कोलम्बोमा प्रहरीको अवरोध पन्छाउँदै राष्ट्रपतिको निवाससम्म पुगेर प्रदर्शन गरेका छन् । सरकारले कर्फ्यू लगाउने भने पनि पछि त्यसलाई फिर्ता लिएको थियो ।

दशकौँ यताको सबैभन्दा खराब आर्थिक संकट सामना गरिरहेको श्रीलंकामा पछिल्लो समय प्रदर्शनकारी थप उग्र बन्दै गएका छन् । राजधानी क्षेत्रमा हजारौँ प्रहरी र सैनिकहरू परिचालन गरिएका छन् । श्रीलंकाले अहिले खाद्यान्न, इन्धन र औषधिको चरम अभावको सामना गरिरहेको छ।
प्रकाशित मिति : शनिबार, असार २५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्