सी जिनपिङले घाेषणा गरेकाे काेषले नेपालकाे विकासमा सहयाेग पुग्छ : विदेश विभाग प्रमुख लिउ

सी जिनपिङले घाेषणा गरेकाे काेषले नेपालकाे विकासमा सहयाेग पुग्छ : विदेश विभाग प्रमुख लिउ

काठमाण्डाै – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले चिनियाँ राष्ट्रपति एवम् पार्टीका महासचिव सी जिनपिङले घोषणा गरेको ‘चीन सरकार दक्षिण सहयोग सहायता कोष’ ले नेपालको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गरिसकिएको उल्लेख गर्दै उहाँले यस कोषले नेपालसहितका देशलाई विकासको क्षेत्रमा महत्त्वपूर्ण सहयोग पुग्ने बताउनुभएको हो ।

प्रमुख छाओले चिनियाँ कम्युनिस्ट पार्टीले नेपाल र चीन दुई देशबीचको सामाजिक सङ्गठनमा धेरै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘चीन र नेपालबीचको युगौँयुगदेखिको आधार धेरै बलियो छ । दुई देशबीचको सम्बन्धको भविष्य उज्यालो छ । मैले आज बिहान बीपी कोइरालाको इतिहास हेरेँ अनि नेपाल र चीनबीचका पुराना नेता र सम्बन्धको ऐतिहासिक कुरा पढेँ । हाम्रो पार्टीका महासचिव सी जिनपिङले चिनियाँ सरकार दक्षिण सहयोग सहायता कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । त्यसैले यो सानो परियोजनाले पनि यस कोषको समर्थन पाउँछ भन्ने आसा छ ।’

आज सोमवार काठमाण्डाैकाे वसन्तपुरमा आयोजित नेपाल स्माइलिङ चिल्ड्रेन प्रोजेक्टको उद्घाटन गर्दै विदेश विभाग प्रमुख लिउले बालबालिकाहरू खुसी भएमात्रै स्वस्थ रहन सक्ने उल्लेख गर्दै राम्रो अध्ययनका लागि उनीहरू स्वस्थ र खुशी हुन आवश्यक रहेकाे बताउनुभयो । उहाँले आजका बालबालिका नै भविष्यका नेपाल र चीनका मित्रताका परिपूरक भएको उल्लेख गर्नुभयो ।

उहाँले नेपाली बालबालिकाहरूलाई चीन भ्रमणमा आउन पनि आग्रह गर्नुभयो । प्रमुख लिउले चीनमा आएका नेपाली बालबालिकाहरूलाई स्वागत गर्न पाए आफूले झनै खुसी अनुभव गर्ने र चिनियाँ बालबालिकाहरूसँग भेटघाट गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा ऊर्जा जलस्राेत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपाल–चीनबीच अन्तरदेशीय क्रस बोर्डर ट्रान्समिशन लाइन निर्माण गरी स्वच्छ ऊर्जा व्यापारमा सहकार्य हुने विश्वास राखेको बताउनुभयाे । उहाँले लामो समयदेखि चीनले नेपाललाई आर्थिक, प्राविधिक सहयोग गर्दै आएको उल्लेख गर्नुभयाे ।

मन्त्री भुसालले चीनले नेपालका सांस्कृतिक सम्पदा पुनर्निर्माणमा सहयोग गरेको उल्लेख गर्दै नेपालको विकासका लागि चीनको सहयोग आवश्यक रहेको बताउनुभयो । चीनले नेपालको औद्योगिकीकरण र आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने विश्वास लिएको पनि उहाँकाे भनाइ थियाे ।

प्रकाशित मिति : सोमबार, असार २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij