दाङमा कारको ठक्करबाट एक यात्रुको मृत्यु

दाङमा कारको ठक्करबाट एक यात्रुको मृत्यु

file photo

दाङ : दाङमा कारको ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१० सौरीकुला निवासी करिब २४ वर्षीय देवराज चौधरी रहेको प्रहरीले जनाएको छ।

आइतबार राति पौने १० बजेतिर घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका-१० जलौरा चोकमा कारले चौधरीलाई ठक्कर दिएको थियो। नारायणपुरबाट घोराहीतर्फ जाँदै गरेको बा ०१–२५ च ७७६४ नम्बरको कारले ठक्कर दिँदा चौधरी सिकिस्त भएका थिए।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा राति करिब साढे १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए। मृतक चौधरीको शवलाई  प्रतिष्ठानको शवगृहमा राखिएको छ।

 

प्रकाशित मिति : सोमबार, असार २७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij